ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वेदले जीवन आनन्दित बनाउँछ– प्रदेश प्रमुख कुँवर


एबीसी न्यूज
१७ असार २०७६, मंगलबार   ८ : ४०   बजे

 

काठमाडौं, १७ असार । गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले वेदले जीवनलाई आनन्दित बनाउने बताउनुभएको छ । सनातन संस्कृति समाज नेपाल तनहुँले आज दमौलीमा आयोजना गरेको वेदमा के छैन रु पुस्तकको विवेचना एवं वेदको महत्व विषयक गोष्ठीको उद्घाटनमा प्रदेश प्रमुख कुँवरले जीवनलाई आनन्दित बनाउने सर्वोत्तम ज्ञान वेद रहेको चर्चा गर्नुभयो ।

हिन्दू धर्म मान्नेहरुले शास्त्र र वेदको अध्ययन गर्नुपर्नेमा जोड दिँदै प्रदेश प्रमुख कुँवरले धर्मसँग डराउने मान्छेले पाप नगर्ने बताउनुभयो । कुँवरले भन्नुभयो, “सबै ज्ञान सिकाउने धर्मले हो, धर्मसँग ठूलो शक्ति छ ।” धर्मले कुनै जातिमाथि भेद्भाव नगरेको उल्लेख गर्नुहुँदै प्रदेश प्रमुख कुँवरले संविधानले नै जातीय विभेद र उत्पीडिन अन्त्य गरिसकेको बताउनुभयो ।

कार्यक्रममा विश्व हिन्दू महासङ्घका अध्यक्ष डा रामचन्द्र अधिकारीले नेपालमा धर्म परिवर्तन खतराजनक रुपमा देखा परेको भन्दै धर्म परिवर्तन विरुद्ध जागरण अभियान चलाउन आवश्यक रहेकोमा जोड दिनुभयो । सनातन संस्कृति समाजका महासचिव पुष्प पराजुली, विश्व हिन्दू महासङ्घका उपाध्यक्ष शङ्कर खराल लगायतले सनातन धर्ममाथि आक्रमण बढेकोले सनातन धर्म जोगाउन सबै एकजुट हुनुपर्ने बताउनुभयो ।

सोही अवसरमा पोखरा निवासी भोला थापाद्वारा लिखित वेदमा के छैन रु पुस्तकको यमबहादुर आलेले विवेचना गर्नुभएको थियो । १७८ ग्रन्थ अध्ययन गरेर लेखिएको पुस्तक ३२८ पृष्ठको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपीडितको उद्धार र राहतका लागि निर्माण व्यवसायी महासंघद्वारा सवारीसाधन उपलब्ध गराउन अपिल

विपद् प्रभावित क्षेत्रमा अनुमति बिना ड्रोन नउडाउन सरकारको आग्रह

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu