ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कार्य सम्पादनलाई प्रभावकारी र पारदर्शी बनाउनुपर्ने– कानूनमन्त्री कुलप्रसाद केसी


एबीसी न्यूज
१७ असार २०७६, मंगलबार   ८ : ५३   बजे

 

काठमाडौं, १७ असार ।प्रदेश नं ५ का कार्यवाहक मुख्यमन्त्री एवं आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले राष्ट्रिय कार्ययोजनालाई कार्यान्वयन गरी सरकारको कार्य सम्पादनलाई प्रभावकारी र पारदर्शी बनाउनुपर्ने बताउनुभएको छ ।

प्र्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज बुटवलमा आयोजना गरेको पाँचौँ मानवअधिकार राष्ट्रिय कार्ययोजना परामर्श एवं अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले योजना कार्यान्वयन प्रभावकारी भए मात्रै उपलब्धि हासिल हुने बताउनुभयो । “कानूनअनुसार कारवाही भएन भने मानवअधिकार संरक्षण हुन सक्दैन”, उहाँले भन्नुभयो ।

न्याय कमजोर भयो भने मानवअधिकार सुरक्षित हुन नसक्ने भएकाले कानूनको कार्यान्वयन कडा रुपमा हुनुपर्ने उहाँले धारणा राख्नुभयो । प्र्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डिल्लिराज घिमिरेले सरकारले मात्रै मानवअधिकारको प्रत्याभूति गराउन सम्भव नभएकाले सबैको सहकार्य आवश्यक भएको बताउनुभयो ।

प्रदेश योजना आयोगका उपाध्यक्ष डा ईश्वर गौतमले सबै क्षेत्र र वर्गका नागरिकले अनुभूति गर्ने गरी मानव अधिकारको योजना कार्यान्वयन गर्नुपर्ने धारणा राख्नुभयो । जिल्ला समन्वय समितिका संयोजक एकराज विश्वकर्माले प्राकृतिक स्रोत साधनको सही प्रयोग गरेर जनतालाई सम्पन्न गराउनेतर्फ लाग्नुपर्ने बताउनुभयो । तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले मानवअधिकारको अवस्था नाजुक रहेकाले यसको सुधारका लागि स्थानीय तहबाट सक्रिय भुमिका खेल्ने बताउनुभयो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव तिर्थराज ढकालले कार्ययोजनाले विषयवस्तु, संरचना र अध्ययनलाई प्राथमिकता दिने भएकाले कुन विषयले कुन उद्देश्य हासिल गर्यो भन्नेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । मुख्य न्यायाधिवक्ता ठाकुर डिसीले अधिकारको कुरा गर्दा कर्तव्य पनि सँगै जोडिने भएकाले यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

राष्ट्रिय मानवअधिकार आयोग प्रदेश नं ५ का निर्देशक सम्झना शर्माले कार्ययोजनाका विषयमा कर्मचारीहरु पनि जानकार रहनुपर्ने र कार्यान्वयन तथा अनुगमको जिम्मेवारी अलग अलग समूहलाई दिनुपर्ने बताउनुभयो । कानून मस्यौदा तथा सुझाव आयोगका सदस्य विष्णु पोखरेल, मानवअधिकार तथा शान्ति समाजका वरिष्ठ उपाध्यक्ष गोविन्द खनाल, अधिकारकर्मी इन्दिरा आचार्य, आनीक राना लगायतले कार्यान्वय प्रभावकारी नहुँदा उल्लेख्य उपलब्धि हासिल हुन नसकेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group