ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एनएसी व्यवस्थापन निकम्मा बन्दै, इतिहास बोकेको निगम सधै घाटामा (भिडियोसहित)


एबीसी न्यूज
१८ असार २०७६, बुधबार   २ : १८   बजे

काठमाडौं, १८ असार । नेपाल वायुसेवा निगमको स्पष्ट व्यवसायिक योजना नहुदा निगम निरन्तर घाटामा छ । व्यवसायिक योजनाबिनै निगमले वाइड बडी, न्यारो वडी जहाज खरिद गरेपनि निमग निरन्तर डुबानमा छ । मुलतः २०४६ को राजनीतिक परिवर्तनपछि राजनीतिको कमाउ धन्दा बनेपछि निगम निमम्मा मात्र होइन सवत्र आलोचित बनेको छ ।

६ दशक लामो इतिहास बोकेको मुलुकको शान वायुसेवा निगमले २०४६ को राजनीतिक परिवर्तनअघि अन्तराष्ट्रिय छवी बनाएको थियो । तर २०४६ को राजनीतिक परिवर्तनपछि थरिथरिका व्यक्तिहरुको कमाउने भाडो बनेको स्पष्ट देखिन्छ । सन् १९५८ जुलाई १ मा नेपाल वायुसेवा निगमको स्थापना भएको हो ।

निगमले २८ सिट क्षमतायुक्त डोग्लस डिसी ३ डाकोटाबाट सेवा प्रारम्भ गरेको इतिहास छ । ६ दशक भन्दा बढी लामो इहिास बोकेको निगम सधै घाटामा पर्दै आएको छ । यसले निगम स्वयंलाई घाटा नतुल्याइ यसले समग्र देशलाई नै घाटामा पारेको छ । नेपाल वायूसेवा निगमको गतिविधीले प्रधानमन्त्री केपी शर्मा ओली पनि असन्तुष्ट छन् ।

नेपाल वायु सेवा निगमको ६१ औं वार्षिकोत्सव समारोहमा प्रधानमन्त्री ओलीले व्यवस्थापन नसुधार्दासम्म एक रुपैयाँ पनि नदिने प्रष्ट पारे । उनले अहिलेकै अवस्थामा नेपाल वायु सेवा नियमलाई सरकारले ऋण वा लगानीस्वरूप एक रुपैयाँ पनि दिन नसकिने बताए ।

प्रधानमन्त्री ओलीले वायु सेवा व्यवस्थापनले जहाज किन्ने तर उडाउन नसक्ने र घाटामा छ भन्दै सरकारसँग पैसा मागिरहने क्रम कहिलेसम्म भन्दै प्रश्न गरे । उनले निजी क्षेत्रले सञ्चालन गर्दा जे पनि सफल हुने र सरकारी हुँदा जे पनि असफल हुनुको कारणबारे जवाफ दिन माग गरे ।

विमान खरिद गर्दा कमिशनको खेल हुनेतर्फ औल्याउँदै प्रधानमन्त्री ओलीले सरकारलाई कमिशन नचाहिएकाले निगमका पदाधिकारीलाई पनि कमिशनको पछि नलागी संस्था बनाउनेतर्फ लाग्न निर्देशन दिए । राष्ट्रिय ध्वजावाहक भएकाले काँध थाँप्न सरकार तयार भएपनि आँखा चिम्लेर पैसामात्र दिन्छ भन्ने भ्रममा नपर्न व्यवस्थापनलाई उनले सचेत गराए । यता, ६१औं वार्षिककोत्सव समारोह मनाइरहंदा निगम व्यवस्थापनले विमान खरिद तथा मर्मत लगायत विविध कारणले निगमलाई ३७ अर्ब ऋण लागेको दाबी गरेको छ ।

ऋण लिएर किनेको वाइड बडी जहाज चलाउन नसकेको निगमले किस्ता तिर्नकै लागि सरकारसँग आर्थिक सहयोग माग्दै आएको छ । व्यावसायिक योजनाविनै दुई वाइड बडी विमान ल्याउँदा नेपाल एअरलाइन्स ऋृणै ऋृणमा डुब्दै गएको छ । निगम अहिले ३७ अर्व घाटामा रहेको छ । सुरुको ४५ दिनमै यी दुईटाको घाटा ४९ करोड १८ लाख रुपैयाँ पुग्यो । अगस्ट १ देखि सेप्टेम्बर १५ सम्म वाइड बडीले २६ करोड ४८ लाख कमाएका थिए ।

त्यही अवधिमा तिनकै लागि भएको खर्च भने ७५ करोड ६६ लाख नाघेको छ । ६ दशक लामो इतिहास बोकेको निगम हालसम्म घाटाको विवरण सार्वजनिक गरिरहेको छ । पाइलट अभावको कारण जहाज उडाउन नसकिएको निगमको लज्जास्पद अवस्था छ ।

कमाइको तेब्बर खर्च गराउने दुवै जहाजका लागि नयाँ गन्तव्य तय भएको छैन । जापानको ओसाकामा उडान भर्ने भने पनि गलत रुटका कारण निगमले हावा खाएको छ । चीनमा समेत निगमका जहाज उडाने वातवरण बनेको छ । तर, निगम व्यवस्थापनले दु्रत गतिमा काम अघि बढाउन सकेको छैन ।

कोरिया, अस्ट्रेलिया, युरोप लगायत लामो दुरीको त अझै पनि चर्चामै सीमित छ । व्यवस्थापकीय कमजोरीका कारण ६२ वर्षको बीचमा निगम निकम्मा भएको छ । निगमभन्दा पछि उडान सुरु गरेका धेरै एयरलाइन्सहरु आज सबैभन्दा समृद्ध एयरलाइन्सको रुपमा विश्वको आकाश घुमिरहेका छन् । तर, यहां त राज्यको सम्पतिमाथी व्यक्तिको दोहन जारी छ । जबसम्म यो प्रवृत्तिको अन्त्य गरिदैन तब सम्म जुनसुके विमान ल्र्यापनि जो सुकै सञ्चालन समितमिा आएपनि निगम सुध्रिनेवाला छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढीपछि पाँच जलविद्युत् आयोजनाका सुरुङमा खोज तथा उद्धार केन्द्रित

केरुङनजिकै बनेको कृत्रिम ताल प्राकृतिक रूपमा बगेर पूर्ण रूपमा खाली

सम्बन्धित

‘रिसेट’ को सन्देश बोकेर दिल्लीमा शिशिर खनाल: नेपाल–भारत सम्बन्धको नयाँ अध्याय कि पुरानै आश्वासन ?

बालेन सरकारको ४० दिनः सुकुम्वासी बस्तीमा डोजर, कुटनीतिमा केटाकेटीपने दम्भ (भिडियो)

विद्यालय बन्ददेखि आन्तरिक मूल्यांकनसम्म: शिक्षा क्षेत्रमा अन्योल र बहस तीव्र (भिडियोसहित)

‘बालेनदेखि बफर स्टेटसम्म: नयाँ जनमत र ‘बाचा’ को राजनीतिमा नेपाल’ (भिडियो)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu