ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केरुङनजिकै बनेको कृत्रिम ताल प्राकृतिक रूपमा बगेर पूर्ण रूपमा खाली


ABC NEWS
१४ भदौ २०८३, आइतबार   २ : १५   बजे

काठमाडौं, भदौ १४ गते । लाङटाङ हिमालको एक भागमा गएको पहिरोका कारण चीनको केरुङनजिकै बनेको कृत्रिम ताल प्राकृतिक रूपमा बगेर पूर्ण रूपमा खाली भएको चीनको जलस्रोत मन्त्रालयले जनाएको छ।

नेपालको छोछेन खोला र चीनको पुरेपु साङ्पो नदीको संगमस्थलनजिकै बनेको उक्त तालमा बिहीबार बिहानसम्म करिब २० लाख घनमिटर पानी सञ्चित रहेको अनुमान गरिएको थियो।

मन्त्रालयका अनुसार शनिबार बिहान पुरेपु साङ्पो नदीमा बनेको तालको सतहको क्षेत्रफल करिब ९९ हजार वर्गमिटर थियो। यो क्षेत्रफल करिब १४ वटा फुटबल मैदान बराबर रहेको बताइएको थियो। बिहीबार खिचिएको भूउपग्रह तस्बिरको तुलनामा तालको आकार घट्दै गएको पाइएको थियो।

प्राकृतिक स्रोत मन्त्रालयको भूगर्भीय विपद् प्राविधिक मार्गदर्शन केन्द्रका वरिष्ठ इन्जिनियर चेन होङछीका अनुसार तालको क्षेत्रफल एक लाख २० हजार वर्गमिटरभन्दा बढी रहेको अनुमान गरिए पनि यसको गहिराइ भने तत्काल यकिन हुन सकेको थिएन।

यसअघि विज्ञ तथा अधिकारीहरूले हिमनदीको भग्नावशेषबाट बनेको उक्त ताल फुटेमा तल्लो तटीय क्षेत्रमा दोस्रो ठूलो विपत्ति निम्तिन सक्ने चेतावनी दिएका थिए। यस्तो सम्भावित जोखिमले नेपालतर्फ भइरहेको खोज तथा उद्धार कार्यसमेत प्रभावित हुनसक्ने भन्दै उच्च सतर्कता अपनाइएको थियो।

बुधबार गएको हिमनदी पहिरोपछि चट्टान, हिउँ, लेदो तथा अन्य भग्नावशेषसहितको भीषण बाढी हिमाली नदी प्रणालीमा मिसिएको थियो। बाढीका कारण नेपाल–चीन सीमामा रहेको केरुङतर्फको नाका तथा आसपासका संरचनामा समेत ठूलो क्षति पुगेको थियो।

यस विपत्तिबाट नेपालमा ठूलो मानवीय क्षति भएको छ। ७०० भन्दा बढीको मृत्यु भएको र हजारौँ व्यक्ति बेपत्ता रहेको जनाइएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढीपछि पाँच जलविद्युत् आयोजनाका सुरुङमा खोज तथा उद्धार केन्द्रित

केरुङनजिकै बनेको कृत्रिम ताल प्राकृतिक रूपमा बगेर पूर्ण रूपमा खाली

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

भोटेकोशी बाढीमा मृतकको संख्या ७३५ पुग्यो, २५ प्रहरी अझै बेपत्ता

२४ वर्षपछि मलेसियाबाट घर फर्किए होमबहादुर, गाउँलेले माया मारिसक्दा पत्नीले आशा छाडिनन्

रसुवा बाढीपछि पाँच जलविद्युत् आयोजनाका सुरुङमा खोज तथा उद्धार केन्द्रित

शान्ति सम्झौताको २० वर्षपछि पनि बेपत्ता परिवार न्यायको प्रतीक्षामा

Nepal Rescuers Resume Efforts to Reach Workers Trapped in Hydropower Tunnels

Search And Rescue Underway At Trishuli-3 ‘B’ Hydropower Project

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu