ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्यालयमा भाषा पढाउन शुरु गरेपछि मगर समुदाय उत्साहित (भिडियोसहित)


एबीसी न्यूज
१९ असार २०७६, बिहिबार   ११ : ४४   बजे


काठमाडौं, १९ असोज । नेपालमा १२५ भाषा बोलिन्छ, जसमध्ये मगर भाषा पनि नेपालमा बोलिन्छ । मगर संस्कृति भाषा र साहित्यको उन्नयनको लागि मगर भाषा अध्यापन पनि शुरु भएको छ । दाङ तुल्सीपुर उपमहानगरपालिकाले भाषा अध्यापन शुरु गरेको हो ।

तुलसीपुर उपमहानगरपालिकाले यहि शैक्षिक सत्रदेखि नगरभित्र मगर भाषा अध्यापन शुरु गरेको छ । जिल्ला मै पहिलो पटक उपमहानगरले मगर भाषा अध्यापन गर्न शुरु गरेको हो ।

नगरले विद्यालयमा भाषा पढाउन शुरु गरेपछि मगर समुदाय उत्साहित भएका छन् । नेपालमा ३ प्रकारका मगर सम्प्रदाय बसोबास गर्दछन् । अथार, बाह्र र काइके सम्प्रदाय हुन् । भाषिका एउटै भएपनि मगर भाषाभित्र पनि उपभाषा रहेका छन् खाम, ढुट र काइके लगाएतका भाषा मगर समुदाय बोल्ने गर्दछन् ।

सोही अन्तरगतको विद्यालयमा ढुट भाषाको पढाई संचालन गरिएको छ । तुल्सीपुर १ भमके मगर क्षेत्रको बाहुल्यता रहेको स्थान हो । तर मगरका नयां पीढिले आफ्नै भाषा बोल्न जान्दैनन् ।भमकेमा पछिल्लो पुस्तामा यो भाषा बोल्न आउदैन । नगरले नगरको वडा नम्बर १ स्थित वीरेन्द्र मावि भमकेमा यसै शैक्षिक सत्रबाट भाषा पढाउन शुरु गरको थालिएको हो । वीरेन्द्र माध्यमिक विद्यालयमा कक्षा १ देखि मगर भाषा पढाउन थालेको शिक्षक हिमाल थापा बताए ।

नगरले भाषा अध्यापनका लागि यस चालु आर्थिक वर्षमा १ लाख अनुदान उपलब्ध गराएको छ । कक्षा १ देखि कक्षा ५ सम्ममा भाषाको पढाइ शुरु भएको छ । माथिल्लो कक्षामा अध्ययन गरिरहेका इच्टुक विद्यँर्थीले समेत अध्ययन गरिरहेका छन् । मगर भाषा अध्यापनको लागि पाठ्यक्रम विकास केन्द्रले कक्षा १ देखि कक्षा ५ सम्मका लागि पुस्तक प्रकाशन गरेको छ । केन्द्रले पर्याप्त पुस्तक उपलब्ध गराउन नसक्दा भने विद्यार्थीलाई पुस्ताक अभाव भएको छ ।आर्थिक श्रोत तथा पुस्तकको लागि नगरले पहल गर्दै आएको छ।

पाठ्य विकास केन्द्रले पाठ्य सामाग्री उपलब्ध गराएपछि नगरले प्रकाशन गर्ने बताएको छ । नगरभित्र मगर भाषामा अध्यापन हुन थालेपछि मगर समुदायका नयां पुस्ता उत्साहित छन् । घर आंगनमै आफ्नो मातृभाषामा पढाई हुन थालेपछि खुशी लागेको कक्षा ९ मा अध्ययनरत रविना ठारामगरले बताईन् ।

त्यस्तै कक्षा ९ मै अध्ययनरत छात्रा जानकी ठारामगर मातृ भाषामा पढाइ शुरु भएपछि खुशीको प्रतिकृया दिइन् । भाषा संस्कृति मानवको अभिन्न अंग हो, जीवनपद्धतीसंग सिधा जोडिएको भाषा पहिचान मात्रै होइन, गौरवको बिम्ब हो । मगर भएर पनि भाषा ज्ञान नहुदा यस क्ष्ँेत्रको मगर भाषा पुस्तान्तरसंगै लोप हुने अवस्थामा छ । लोप हुने अवस्थामा पुगेको मगर भाषाको उन्नयन र प्रवद्र्धनको लागि नगरले पहल गरेपछि छात्रा जानकी ठारा मगर पनि खुशी व्यक्त गर्छिन् ।

विद्यालय समयपछि भाषाको पढाई हुने गर्दछ । पढाईमा मगर विद्यार्थीहरु मात्र नभई अन्य जातका विद्यार्थीहरुले पनि पढ्दै आएका छन । यसरी मगर भाषा पढ्न र सिक्न पाउदा अन्य समुदयाका विद्यार्थी पनि खुशी छन् । शुरुका दिनहरुमा भाषा बुझ्न समस्या भएता ज्ञान र त्यसको अभ्यासले सहज हुदै गएको छात्रा नविना विद्यार्थीहरु बताउछन् ।

मगर भाषा पाठ्यपुस्तक र स्वर ६ वटा छ, भने नेपाली भाषा १३ वटा छन, त्यस्तै क,ख पनि नेपालीमा ३६ वटा भएता पनि मगर भाषा २६ वटा मात्र हुने गर्दछ मगर समुदायमा काइके, खाम र ढुट गरेर ३ खालको भाषा भएता पनि विद्यँलयले ढुट भाषा सिकाउदै आएको छ ।तुलसीपुर वडा नं. १ मा ४० प्रतिशत मगर समुदायको बसोबास छ ।समुदायको माग अनुसार नै विद्यालयमा यो पढाई शुरु भएको हो । मगर भाषाको अध्ययन गर्दा विद्यार्थीले कुनैपनि शुल्क बुझाउन नपर्ने वडाध्यक्ष लक्ष्मण भण्डारीले बताए ।

भाषा संस्कृति कुनैपनि समुदायको पहिचान हो, आत्मगौरव र जीवन्त इतिहासको साधन हो । भाषाले प्राचिनतादेखि आधुनिक जीवनसंगको सम्बन्ध जोड्ने मात्रे होइन, समुदायको अस्तित्वको प्रतिनिधित्व गर्ने भएकोले नगरको पहलमा भएको यस्ता शैक्षिक कार्यक्रमलाई सफल बनाउन शिक्षासंग सरोकारवालाहरुको अझै थप साथ र सहयोग जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

‘रिसेट’ को सन्देश बोकेर दिल्लीमा शिशिर खनाल: नेपाल–भारत सम्बन्धको नयाँ अध्याय कि पुरानै आश्वासन ?

बालेन सरकारको ४० दिनः सुकुम्वासी बस्तीमा डोजर, कुटनीतिमा केटाकेटीपने दम्भ (भिडियो)

विद्यालय बन्ददेखि आन्तरिक मूल्यांकनसम्म: शिक्षा क्षेत्रमा अन्योल र बहस तीव्र (भिडियोसहित)

‘बालेनदेखि बफर स्टेटसम्म: नयाँ जनमत र ‘बाचा’ को राजनीतिमा नेपाल’ (भिडियो)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group