ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सङ्घ, प्रदेश र स्थानीय तहलाई व्यवस्थित गर्न बनेको विधेयकमाथि छलफल शुरु


एबीसी न्यूज
१ श्रावण २०७६, बुधबार   ६ : ५३   बजे

 

काठमाडौं, १ साउन । राष्ट्रियसभाको विधायन व्यवस्थापन समिति सङ्घ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध व्यवस्थित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल शुरु भएको छ ।

समितिको आजको बैठकमा सो विधयेकमाथि छलफल शुरु गर्दै समितिका सभापति परशुराममेघी गुरुङले नेपालको संविधानले व्यवस्था गरेअनुसार सङ्घ, प्रदेश र स्थानीय तहबीच अन्तरसम्बन्धका विषयमा गहन छलफल गर्न जरुरी भएको र प्रदेशस्तरमा समेत छलफल छलफल गरिने बताउनुभयो ।

नेपाल कानून आयोगका अध्यक्ष माधव पौडेलले सङ्घ, प्रदेश र स्थानीय तहबीचको विवाद राजनीतिक खालका विवाद हुने हुनाले तीन निकायको समन्वयको आधार तयार गर्न जरुरी भएको सुझाव दिनुभयो ।

नेपालको संविधानको धारा २३२ को उपधारा ९१० मा सङ्घ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको आधारमा हुने व्यवस्था रहेको छ । सोही धाराको उपधारा ९२० मा राष्ट्र्यि महत्वका तथा प्रदेशबीच समन्वय गर्नुपर्ने विषयमा संविधान र सङ्घीय कानून बमोजिम सरकारले आवश्यक निर्देशन दिनसक्ने र त्यस्तो निर्देशन मान्नुपर्ने सम्बन्धी प्रदेश मन्त्रिपरिषद्को कर्तव्य हुने व्यवस्था रहेको छ ।

संविधानको धारा २३३ को उपधारा ९१० मा एक प्रदेशले अर्को प्रदेशको कानूनी व्यवस्था वा न्यायिक एवं प्रशासकीय निर्णय वा आदेशको कार्यान्वयनमा सहयोग गर्नुपर्ने उल्लेख छ । मुलुकले अङ्गीकार गरेको लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको सुढृढीकरणका लागि संविधान बमोजिम राज्य शक्तिको प्रयोग सङ्घ, प्रदेश र स्थानीय तहबाट हुने र तिनका सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयनको आधारमा व्यवस्थित गर्नुपर्ने भएकाले कानून बनाउनुपर्ने जरुरी भएको सो विधेयक आएको हो । सो विधेयकका बारेमा बिहीबार पुनः १ बजे छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढीपीडितका लागि नेकपाले २५ लाख रुपैयाँ सहयोग गर्ने

बाढीपहिरोले विभिन्न जिल्लाका सडक अवरुद्ध, यात्रा गर्दा सतर्क रहन आग्रह

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu