ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुख्यमन्त्रीको निर्देशनमा शिक्षकमाथि लाठीचार्ज


एबीसी न्यूज
१ श्रावण २०७६, बुधबार   ७ : ५६   बजे

 


जनकपुरधाम, १ साउन ।  विगत १२ दिनदेखि धर्नामा बसेका अस्थायी शिक्षक आन्दोलन परिचालन समितिले आफुहरुको माग पुरा नभएको भन्दै बुधबार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय अगाडी चक्काजाम गरेका छन । चक्काजामको क्रममा उनीहरुमाथि मुख्यमन्त्री लालबाबस राउतको निर्देशनमा प्रहरीले लाठीचार्ज समेत गरेको छ ।

अस्थायी शिक्षकहरुलाई पुर्ववत रुपमा उमेरको हदसम्म पेशाको ग्यारेन्टी र औषधी उपचारको व्यवस्थाको माग गर्दै उनीहरु अषाढ १९ गतेदेखि मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय अगाडी धर्नामा बसेका हुन । जीवनको महत्वपुर्ण समय मुलुकको शिक्षा क्षेत्रमा बिताएको र बुढेशकालमा सरकारले आफुहरुको रोजगारी खोसेको उनीहरुको आरोप छ ।बुधबार चक्काजाम गर्ने क्रममा मुख्यमन्त्री कार्यालय अगाडी प्रहरी र आन्दोलनरत शिक्षकहरुबिच सामान्य झडप समेत भएको छ । चक्काजामका कारण त्यस क्षेत्रको आवतजावत पनि केहिबेर प्रभावित भएको थियो ।

अस्थायी शिक्षक आन्दोलन परिचालन समितिका संयोजक धमेन्द्र कुमार यादवले संघिय सरकारको गलत नितिका कारण प्रदेश २ का करिव १ हजार २ सय शिक्षकको रोजगार खोसिएको दुःखेसो सुनाए । संविधानको धारा ३३ मा मौलिक हक अन्तर्गत रोजगारीको व्यस्था गरिएपनि सरकारले आफुहरुलाई चक्काजाम गर्न वाध्य बनाएको संयोजक यादवले बताए ।

संयोजक यादवले प्रदेशका मुख्यमन्त्री समेत धर्नास्थलमा आएर समस्या समाधान गर्ने आश्वासन दिएपनि अहिलेसम्म कुनै पहल नगरेको आरोप लगाए । उनलै आज उल्टै मुख्यमन्त्रीकै निर्देशनमा आफुहरुमाथि प्रहरीले लाठीचार्ज गरेको आरोप लगाए ।

यता,प्रहरीमाथि हातपात गरेको भन्दै शशिकला भट्टराई,जुरनी मण्डल,रेखा कापड,किरण यादव,मुकेश तिवारी,आनन्द चौरसिया,सलिम अन्सारी लगायतका शिक्षक शिक्षिकाहरुलाई प्रहरी पक्राउ गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group