बुटवल, २ साउन । बुटवल–बेलहिया सडक खण्डमा राखिएका बुद्धमूर्ति अज्ञात समुहले तोडफोड भएका छन् गरेका छन्।
६ लेन सडकअन्तर्गत शंकरनगर चोकदेखि नयाँमिल खण्डमा राखिएका पाँच वटा बुद्धमूर्ति तोडफोड भएका छन्।
केही बुद्धमूर्ति सडकमै ल्याएर फ्याँकिएको छ । बुधबार साँझसम्म सकुशल अवस्थामा रहेका मूर्ति बिहीबार बिहान तोडफोड भएको अवस्थामा भेटिएको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले बताउनुभयो । मूर्तिहरु कसले र किन फुटायो भन्ने अहिलेसम्म खुलेको छैन ।यसको गम्भीरतापूर्वक अनुसन्धान गरेर दोषीलाई कानूनी दायरामा ल्याउनु पर्ने प्रमुख घिमिरेले बताउनुभयो ।
घटनास्थल प्रहरीले उक्त घटनाको अध्ययन अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्