ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जोखिमबाट फर्केका किशोरी तालीमबाट बने स्वरोजगार


एबीसी न्यूज
२ श्रावण २०७६, बिहिबार   २ : १३   बजे

 

कञ्चनपुर, २ साउन । कञ्चनपुरका जोखिमबाट फर्केका र पर्नसक्ने अवस्थाका २४ जना किशोरी व्यावसायिक तालीम लिएर स्वरोजगार भएका छन् । माइती नेपालले जोखिममा परेका किशोरीलाई व्यावसायिक तालीम दिई स्वरोजगार बनाएको हो ।

बेचबिखनको जोखिममा परेर फर्केका र जोखिममा पर्नसक्ने किशोरीलाई एडभान्स सिलाइकटाइ र होटेल मेनेजमेण्ट तालीम दिएर स्वरोजगार बनाइएको माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताउनुभयो ।

“कञ्चनपुरका महाकाली, शुक्लाफाँटा, बेदकोट, भीमदत्तनगर र बेलौरी नगरपालिका तथा बेलडाँडी गाउँपालिकाका किशोरीलाई माइती नेपालको केन्द्रीय कार्यालयमा पठाई तालीम दिएर दक्ष बनाएका छौँ”ं, संयोजक भट्टले भन्नुभयो ।

एक जना किशोरीलाई सिलाइकटाइ र अन्य २३ जनालाई होटेल मेनेजमेण्ट तालीम दिइएको उहाँले बताउनुभयो । सिलाइकटाइ तालीम पाएका बेलौरीका किशोरीले घरमै पसल राखेर कार्य गरिरहेको र होटेल मेनेजमेण्ट तालीम लिएका पोखरा, चितवन, काठमाडौँ लगायतका होटेलमा वेटरदेखि कुकका रुपमा कार्यरत रहेको उहाँको भनाइ छ ।

सिलाइकटाइको व्यावसायिक कार्यमा लागेका किशोरीलाई सिलाइ मेशिनसहित आवश्यक सामग्री माइती नेपालका तर्फबाट उपलब्ध गराइएको छ । “जोखिमबाट फर्केका दुई जना किशोरीलाई हेल्थ असिस्टेण्ट र फार्मेसी अध्ययनका लागि छात्रवृत्ति दिइएका छौँ”, उहाँले भन्नुभयो, “पढाइको सबै खर्च संस्थाले व्यहोर्ने व्यवस्था गरेको छ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढीपीडितका लागि नेकपाले २५ लाख रुपैयाँ सहयोग गर्ने

बाढीपहिरोले विभिन्न जिल्लाका सडक अवरुद्ध, यात्रा गर्दा सतर्क रहन आग्रह

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu