ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ज्येष्ठ नागरिक ज्ञान केन्द्र गठन गर्न माग


एबीसी न्यूज
२ श्रावण २०७६, बिहिबार   ५ : ४७   बजे

 

काठमाडौं, २ साउन । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मोहना अन्सारीले हरेक ज्येष्ठ नागरिकको हेरविचार गर्न परिवार नै उपयुक्त माध्यम भएको बताउनुभएको छ । आयोगले आज यहाँ आयोजना गरेको ‘ज्येष्ठ नागरिकसम्बन्धी संशोधन विधेयक छलफल कार्यक्रम’मा अन्सारीले छोराछोरी नै आमाबाबुको रेखदेख, पालनपोषण र संरक्षणमा बलियो माध्यम बन्न सक्ने बताउनुभयो ।

“हरेक आमाबुबाका इच्छा र चाहना छोराछोरीसँग बस्ने र रमाउने हुन्छ”, अन्सारीले भन्नुभयो, “आमाबाबु जति नै व्यस्त भए पनि छोराछोरीको रेखदेख गर्न चुक्दैनन्, त्यसैगरी छोराबुहारी वा छोरीले पनि व्यस्तताको बाबजुद आमाबाबुको संरक्षण र रेखदेखमा समय छुट्याउनुपर्छ ।”

सो अवसरमा नेपाल बार एशोसियशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले ज्येष्ठ नागरिकमा भएको ज्ञान, सीप, अनुभव र क्षमताको विकास गर्ने संस्था बन्नुपर्ने बताउनुभयो । “आमाबाबुको हेरचाह नगर्ने सन्तानले सम्पत्तिको दावी गर्ने अधिकार ऐनबाट हटाउनुपर्छ”, श्रेष्ठले भन्नुभयो, “ज्येष्ठ नागरिकको पीडा समाधान गराउन छुट्टै आयोगको गठन हुनुपर्छ ।” एशोसिएशनका पूर्वअध्यक्ष हरिहर दाहालले समाजमा आमाबाबुले छोराछोरीलाई सम्पत्तिको अधिकार दिएपछि हेलाँ गर्ने प्रवृत्ति बढेकाले त्यसको विकल्प सरकारले खोजिदिनुपर्ने माग गर्नुभयो ।

“हाल समाजमा आमाबाबुलाई स्याहार केन्द्रमा लगेर राख्ने प्रवृत्ति बढेको छ । त्यस्ता केन्द्रमा वृद्धवृद्धालाई के के कुरा आवश्यक पर्छ भनी सरकारले बाध्यकारी कानून निर्माण गर्नुपर्ने देखिन्छ”, दाहालले भन्नुभयो, “ सर्वोच्च अदालतले ज्येष्ठ नागरिकको समस्या सुनुवाइ गर्ने इजलास राख्नुपर्छ ।”

राष्ट्रिय ज्येष्ठ नागरिक समाजका उपाध्यक्ष अम्बिका बिसीले ६० वर्ष टेकेका व्यक्तिलाई सरकारले बीमाको सुविधा दिनुपर्ने बताउनुभयो । “सडकमा पुगेका ज्येष्ठ नागरिकको जिम्मेवारी कसले लिने भन्ने कुरा उल्लेख ऐनमा हुनुपर्छ”, बिसीले भन्नुभयो, “समाजका सबै समुदाय र वर्गले ज्येष्ठ नागरिकप्रति हेर्ने दृष्टिकोण सकारात्मक बनाउँदै जानुपर्छ ।”

कार्यक्रममा सहभागी वक्ताले ज्येष्ठ नागरिक ज्ञान केन्द्र गठन तथा वृद्धाश्रम वा स्याहार केन्द्रमा सुगम र सरल व्यवस्थापन हुनुपर्ने, ७५३ स्थानीय तहमा आवश्यक वृद्धाश्रम वा सुरक्षा केन्द्र, समस्या सुनुवाइ समिति, भत्ताको विकल्पमा हेरचाह केन्द्र, निःशुल्क स्वास्थ्य बीमाका साथै यातायातमैत्री सेवासुविधा र सम्पत्ति संरक्षणको अधिकार हुनुपर्ने माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group