काठमाडौं, ३ साउन । बाजुरामा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । १२ जना घाइते भएका छन् ।
कालिकोटको जितेगडाबाट बाजुराको पिलुचौरका लागि छुटेको राराकर्णाली यातायातको क १ ज २१ नम्बरको जीप बाजुराको जगनाथ गाउँपालिकाको भुक्का खोलामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा चालक कैलाली टिकापूर नगरपालिका ४ का रमेश बोगटी र मुगु जिल्ला कट्याङ ६ का रामबहादुर शाही रहेका छन् । दुर्घटनामा परी १२ जना घाइते हुँदा ४ जना गम्भीर घाइते भएका छन् । एक महिला र ७ महिने बालक भने सकुशल रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्