ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपाका शिर्ष नेताहरुलाई विभागीय जिम्मेवारी बांडफांडको गृहकार्य सुरु (भिडियोसहित)


एबीसी न्यूज
३ श्रावण २०७६, शुक्रबार   १२ : ०८   बजे

काठमाडौं, ३ साउन । नेपाल कम्युनिष्ट पार्टी नेकपाले एकता प्रक्रियाको बाँकी काम छिट्टै टुंग्याउने भएको छ । यतिखेर नेताहरुलाई जिम्मेवारी बाँडफाँड गरी एकताको काम टुंग्याउन शिर्ष नेताहरु गृहकार्यमा जुटेका छन् । साउन ५ गते बस्ने सचिवालयको बैठकले एकता प्रक्रियाको बाँकी काम पुरा गर्ने नेताहरुले बताएका छन् ।

तत्कालिन नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) को एकिकरण भएर नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बनेको चौध महिना पुग्यो । एकिकरणपश्चात ३ महिना भित्रै सबै तहको एकिकरण सम्पन्न गर्ने घोषणा गरिएको भएपनि हालसम्म एकिकरणको सम्पूर्ण प्रक्रिया पुरा हुन नसकेको भन्दै पार्टीभित्र तिव्र असन्तुष्टि व्यक्त भइरहेको अवस्थामा अबको केही दिनमा पार्टी एकताको सम्पूर्ण काम पुरा भएर नेकपाले गति लिने देखिएको छ ।

पछिल्लो समय पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले एकिकरणका बाँकी काम टुंग्याउन तिव्र गृहकार्य गरिरहेका छन् । मंगलबारको छलफलमा अध्यक्षद्धयले जिल्ला इन्चार्ज र सह इन्चार्ज, केन्द्रीय विभाग, मोर्चा फाँट, प्रवास, केन्द्रीय सम्पर्क समन्वय कमिटी र विभिन्न प्रतिष्ठानहरूमा साबिक एमाले र माओवादी केन्द्रले ६० र ४० को अनुपातमा जिल्ला बाँडफाँड गर्ने सहमति गरेका छन् । ३२ वटा केन्द्रीय विभागमध्ये पूर्वएमालेले १८ र पूर्वमाओवादी समूहले १४ विभाग लिने समझदारी भएको छ । यद्यपी दुइ अध्यक्षले बरिष्ठ नेतासहितको छलफल र परामर्शपछि सहमती गरेको भएपनि यसलाई औपचारिकता दिन साउन ५ गते सचिवालय बैठक बोलाइएको छ । सम्भवत्ः सचिवालयको सोही बैठकले पार्टी एकताको बाँकी कामलाई औपचारिक रुपमा पूर्णता दिनेछ ।

साउन ५ मा बस्ने सचिवालय बैठकले शिर्ष नेताहरुलाई विभागको नेतृत्व दिने भएकोले यतिखेर नेताहरु विभागिय प्रमुख बन्ने होडबाजिमा लागेका छन् भने आ–आफ्नो दाबी प्रस्तुत गरिरहेका छन् । नौ सदस्यीय सचिवलयमा पार्टी अध्यक्षद्धयले विभागिय जिम्मेवारी लिने छैनन् । बाँकी सात नेतालाई विदेश विभाग, संगठन विभाग, पार्टी स्कुल विभाग, प्रादेशिक मामिला विभाग, प्रचार तथा प्रकाशन विभाग, राजकीय मामिला तथा सुशासन विभागमध्येबाट जिम्मेवारी तोक्ने तयारी गरिएको छ ।

संगठन विभागमा बामदेव गौतम, रामबहादुर थापा र विष्णु पौडेलले आ–आफ्नो दाबी प्रस्तुत गरेका छन् । बरिष्ठ नेताद्धय माधवकुमार नेपाल र झलनाथ खनालले विदेश विभाग ताकेका छन् भने इश्वर पोखरेल र नारायणकाजी श्रेष्ठले पार्टी स्कुल विभागमा आँखा लगाएका छन् । यद्यपी, नेताहरुको विशेषता र पार्टीको आवश्यकता अनुरुप पार्टीको निर्णयमा विभागिय प्रमुख तोकिने सचिवालय सदस्य झलनाथ खनाल बताउँछन् । रहर गरेकै विभाग नपाउन पनि सकिने उनको भनाइ छ ।

दोहोरो जिम्मेवारी दिइएको भन्दै नेकपामा यसअघि विवाद चुलिएको भएपनि यसपटक पनि केही मन्त्री तथा केन्द्रीय नेताहरुले दोहोरो जिम्मेवारी पाउने छन् । सरकारको समेत नेतृत्व गरिरहेको नेकपा भित्र सरकार सञ्चालन र यसको प्रभावकारितामाथि पनि पटक पटक प्रश्न उठ्ने गरेको छ । सरकारको काम प्रभावकारी नहुनु, सरकार र पार्टीविच समन्वय नहुनु र पार्टीले गतिशिलता नपाउनुले नेकपाको भविष्यमाथि पनि प्रश्न उठ्न थालेको छ । नेकपाले बेलैमा यी गल्तीमा सुधार नगरे पार्टी दुर्घटनामा जाने र त्यसको जिम्मेवारी शिर्ष नेतृत्वले लिनुपर्ने बताउंछन् नेता खनाल ।

आजै टुंगियो, भोली नै टुंगियो भनिएको नेकपाको एकता प्रक्रिया १४ महिना पुग्दा पनि पुरा भएन । आशा गरौं अब बस्ने सचिवालय बैठकले सम्पूर्ण काम पुरा गर्नेछ र पार्टीले गतिशिलता प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेलको गिरफ्तारी प्रतिशोध हो : केपी ओली

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम

सम्बन्धित

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group