ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सञ्चारमाध्यमले खोजेका सूचना सहज उपलब्ध हुनेछ– सेना प्रवक्ता पाण्डे


एबीसी न्यूज
३ श्रावण २०७६, शुक्रबार   २ : ४०   बजे

 

काठमाडौं, ३ साउन । राष्ट्रिय समाचार समितिका अध्यक्ष श्यामल अधिकारीले मुलुकको राष्ट्रिय सुरक्षा र राजनीतिक संवेदनशीलतालाई विचार पु¥याएर समाचार सम्प्रेषण गर्न रासस दत्तचित्त रहेको बताउनुभएको छ ।

नेपाली सेनाको सिसं २० जनसम्पर्क अधिकृत तालीमका प्रशिक्षार्थी अधिकृतसहितको टोलीलाई राससको समाचार सङ्कलन, सम्पादन र वितरणबारे जानकारी दिँदै उहाँले भन्नुभयो, “राससले सत्य र तथ्यको नजीक पुगेर समाचार सम्प्रेषणलाई जोड दिँदै आएको छ । राससका समाचारलाई धेरै सञ्चारमाध्यमले विषयवस्तुको पुष्ट्याइँका लागि पनि अनुसरण गर्ने गरेका छन् ।”

अध्यक्ष अधिकारीले गौरवमय इतिहास रहेको नेपाली सेनाले कुनै पनि कालखण्डमा विवादित र विभाजित नभई मुलुक र जनताका खातिर एक ढिक्का भएर काम गरेको भनी प्रशंसा पनि गर्नुभयो ।

सो अवसरमा राससका महाप्रबन्धक ओपेन्द्र शर्माले समितिले राज्य र जनताका सरोकार र चासोका विषयवस्तुलाई समाचारका माध्यमबाट जनतामै पु¥याउने सेतुको काम गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “ रासस राज्यको आधिकारिक समाचार समिति रहेको र यसको सञ्जाल देशैभर रहेको हुँदा अहिले समितिले ‘मिडियाको पनि मिडिया’ का रुपमा रहेर काम गर्दै आएको छ ।”

नेपाली सेनाका सहायकरथी तथा प्रवक्ता विज्ञानदेव पाण्डेले नेपाली सेनाले राष्ट्रिय सुरक्षा र सुरक्षासम्बन्धी संवेदनशील विषयबाहेक सेनासँग सम्बन्धित जानकारी र सूचना निरन्तर एवं सहजरुपमा सञ्चारमाध्यमलाई उपलब्ध गराउँदै आएको बताउनुभयो ।

राससका नायब महाप्रबन्धक सुरेन्द्रबहादुर नेपालीलेसूचना सम्प्रेषणमा राससले पु¥याइरहेको योगदान र भूमिकाका बारेमा सैनिक टोलीलाई जानकारी दिनुभयो । कार्यकारी व्यवस्थापक उत्तम सिल्वालले नेपाली सेनासम्बन्धी गतिविधि र समाचारलाई राससले उच्च प्राथमिकता दिने गरेको बताउनुभयो ।

सो अवसरमा राससका प्रधानसम्पादक श्यामप्रसाद रिमाल, अन्तरराष्ट्रिय समाचार शाखा प्रमुख सोमनाथ लामिछाने, प्रमुख समाचारदाता तीर्थप्रसाद भट्टराई, अङ्ग्रेजी समाचार सम्पादन शाखाका प्रमुख दीपराज सन्याल र तस्वीर सम्पादन शाखाका प्रमुख जगतकृष्ण श्रेष्ठले राससका समाचार, तस्वीर, श्रव्यदृश्य सङ्कलन, सम्पादन र वितरणलगायत विषयमा जानकारी दिनुभएको थियो । सोह्र जना प्रशिक्षार्थी अधिकृत टोलीले राससका विभिन्न शाखाको भूमिका र समाचार सेवाका बारेमा जानकारी लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group