बझाङ, ४ साउन । जिल्ला कारागार बझाङमा जेल सजाय भोगिरहेका कैदीहरुका साथबाट पेन क्यामेरा फेला परेको छ । कारागार भित्र भएका गतीबिधी कैदीहरु बीच हुने गतीबिधी रेर्कड गर्नका लागी जेलभित्रै पेन क्यामारा भेटिएको हो ।
कारागारको गतिविधिसँगै सुरक्षा स्थितिसम्बन्धी दृश्य रेकर्ड गरी बाहिर पठाएको भिडियो सार्वजनिक भएपछी कारागारमा चेकजाँच गर्दा पेन क्यामारा फेला गरेको जेलर राजेन्द्र बोहराले बताए ।
जबरजस्ती करणीमा जेल सजाय काटिरहेका आर,एन भनिने ईश्वर थापाले झोलामा लुकाएर राखेको अवस्थामा पेन क्यामरा भेटिएको जेलर बोहराले जानकारी दिए ।
सुक्रवार पत्रकारहरु सँङ्ग कुराकानी गदै आफु कारागारमा हाजारी लगाएर जिल्ला प्रशासनमा काम गर्नुपर्ने भएकाले आफ्नो र कारागारमा खटिएका सुरक्षा गार्डको पनी कमजोरी भएको बताए । अहिले जिल्ला कारागार बझाङमा अहिले ५५ जना कैदीवन्दी रहेका छन ।
प्रतिक्रिया दिनुहोस्