ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुद्धको देशमा हिंसा अस्वीकार्य – मन्त्री बाँस्कोटा


एबीसी न्यूज
४ श्रावण २०७६, शनिबार   ५ : ३१   बजे

काठमाडौं, ४ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बुद्धको देशमा हिंसा कदापि स्वीकार्य नहुने बताउनुभएको छ । काभ्रेपलाञ्चोक उद्योग वाणिज्य सङ्घको ४०औँ साधारणसभालाई आज बनेपामा सम्बोधन गर्दै उहाँले भन्नुभयो, “बुद्धको देशमा हिंसा अस्वीकार्य छ ।” जसले हिंसा गर्छ अन्तिममा त्यही शिकार बन्ने उहाँले दाबी थियो ।

मन्त्री बाँस्कोटाले विभिन्न स्थानमा लुकेर जनतालाई आतङ्कित पार्ने ‘जङ्गली राज’ वर्तमान अवस्थामा नचल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यो प्रजातन्त्र हो, प्रजातन्त्रमा विचार चल्छ, बहस हुन्छ ।” खुला राजनीतिमा आएर राष्ट्रपतिसम्म बन्न सकिने अवस्थामा कसैले कसैलाई नरोकेको उहाँको भनाइ थियो ।

मन्त्री बाँस्कोटाले जनताका सामुन्ने हिंसा भड्काएर आतङ्क मच्चाउने, स्कूल र उद्योगीलाई दुःख दिने, स्थानीय निकायमा चन्दा आतङ्क मच्चाउनेजस्ता गतिविधि गलत भएको बताउनुभयो । “अब यस्ता गतिविधि चल्नेवाला छैन, यो देशका निम्ति घातक सावित हुनेछ”, उहाँले भन्नुभयो ।

कसैले हिंसा भड्काउँदा सरकार झुक्ला भन्ने ठान्नु गलत हुने उल्लेख गर्दै सरकार कुनै पनि हालतमा कमजोर नहुने मन्त्री बाँस्कोटाले दाबी गर्नुभयो । “मुलुकलाई पुनः अस्थिरतातर्फ धकेल्ने नौटङ्की कसैले पनि नगर्दा हुन्छ”, उहाँले भन्नुभयो । “तपाईंहरु९उद्योगी० सडकमा आउनु पर्दैन, छलफलबाटै समस्या समाधान हुन्छ”, मन्त्री बाँस्कोटाले भन्नुभयो । देशमा आन्दोलन, झडप भैदिए आफ्नो स्वार्थसिद्ध गर्न खोज्ने एकथरि भए पनि तिनको चाहना पूरा नहुने उहाँले बताउनुभयो ।

फरक प्रसङ्गमा मन्त्री बाँस्कोटाले देश निर्माणका लागि विदेशीको सहयोग पूँजी प्रविधिमा लगानी गर्न लिइने बताउनुभयो । उहाँले भन्नुभयो, “विदेशीको सहयोग पनि लिन्छौँ तर हाम्रो हितमा लिन्छौँ, उनीहरुको हितका लागि हैन ।” उहाँले उद्योगको क्षेत्रमा केही कमी कमजोरी भए छलफल गरेर अगाडि बढ्ने बताउनुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य लक्ष्मण लम्साल, नेपाल नगरपालिका सङ्घका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जू, बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिं वादे श्रेष्ठ, जिल्ला समन्वय समिति प्रमुख उद्धव केसी, नेपाल उद्योग वाणिज्य सङ्घका केन्द्रीय उपाध्यक्ष चन्द्र ढकाल र किशोर मानन्धरले शुभकामना व्यक्त गर्नुभएको थियो । सो अवसरमा मन्त्री बाँस्कोटालाई सङ्घका जिल्लाध्यक्ष प्रकाश मानन्धरलगायतले अभिनन्दनपत्रबाट सम्मान गर्नुभएको थियो । ९तस्वीर उपलब्ध छ०
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढीपीडितका लागि नेकपाले २५ लाख रुपैयाँ सहयोग गर्ने

बाढीपहिरोले विभिन्न जिल्लाका सडक अवरुद्ध, यात्रा गर्दा सतर्क रहन आग्रह

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu