रौतहट, ४ साउन बाढीको पानी जमेको कारण रौतहटमा एक हप्तामा ४ जना बालबालिकाको खाल्डोमा डुबेर मृत्यु भएको छ ।
गत बिहिबार खाल्डोमा डुबेर दुई बालकको मृत्यु भएको थियो भने खाल्डोमा डुब्दा शनिबार रौतहटमा दुई बालिकाको ज्यान गएको हो। देवाही गोनाही नगरपालिकामा रहेको बाधको खाल्डोमा डुब्दा बालिकाको ज्यान गएको हो । देवाही गोनाही नगरपालिका(५ को लालबकैया नदी भन्दा उतर पूर्वतिर रहेको बाँधको खाल्डोमा जमेको पानीमा नुहाउन पसेकी ८ वर्षीया निरुता कुमारी र पिन्की कुमारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
बाख्रा चराउन गएकी दुवै बालिका गर्मीका कारण खाडलमा नुहाउन पसेकी थिइन् । मृतक बालिकाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर ल्याइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी नविन कार्कीले बताए ।
प्रतिक्रिया दिनुहोस्