ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपाको एकतालाई पूर्णता दिन बालुवाटारमा बैठक


एबीसी न्यूज
५ श्रावण २०७६, आइतबार   १० : ३७   बजे

काठमाडौं, ५  साउन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकतालाई पूर्णता दिन सचिवालय बैठकमा छलफल हुदैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउसो १ बजे बोलाइएको सचिवालय बैठकमा विभाग गठनलाई अन्तिम रुप दिइदैछ ।

३२ वटा विभाग मध्ये तत्कालिन एमालेका पक्षमा १८ र माओवादीको भागमा १४ विभाग छुट्टाइएको छ । अधिकाशं विभागको नेतृत्वमा सहमति जुटेपनि स्कुल विभागमा पूर्व माओवादीले दावी यथावत राखेको छ । महत्वपूर्ण विभाग मध्ये विदेश, संगठन, स्कुल र नीति तथा प्रतिष्ठान विभाग पूर्व एमालेको भागमा परेको थियो ।

आफ्नो भागमा परेको विभागमा पूर्व एमालेका नेताहरु बसेर सहमति जुटाईसक्नु भएको छ । प्रधानमन्त्री एंव अध्यक्ष केपी शर्मा ओलीसहित बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, इश्वर पोखरेल र महासचिव बिष्णु पौडेलसहित बैठक राखेर बिभागको नेतृत्वमा सहमति जुटाउनु भएको हो ।

बरिष्ठ नेता नेपालले बिदेश बिभाग, खनालले नीति तथा प्रतिष्ठान विभाग, सचिवालय सदस्य गौतमले संगठन बिभाग र उपप्रधानमन्त्रीसमेत रहनुभएका सचिवालय सदस्य पोखरेलले पार्टी स्कुल विभाग प्रमुख हुने टुंगो लगाई सकेको छ ।
तर, नेकपाका प्रवक्ता समेत रहनु भएका नारायणकाजी श्रेष्ठले पनि स्कुल विभागमा दावी गरेपछि पूर्ण सहमति जुट्न नसकेको बताइएको छ । यस विषयमा पनि आज छलफल हुने बताइएको छ ।

अध्यक्षद्वय र महासचिवले कुनै पनि विभागको नेतृत्व नलिने सहमति यसअघि नै भइसकेको छ । यस्तै पूर्वमाओवादीको भागमा प्रचार तथा प्रकाशन बिभाग र आर्थिक बिभाग प्रमुख परेको छ । श्रेष्ठलाई प्रचार तथा प्रकाशन बिभाग दिने तयारी अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरिरहनु भएको छ । तर, श्रेष्ठले लिन नमानेको स्रोतले बताएको छ ।

यस्तै, कुल ७७ जिल्ला इन्चार्जमध्ये एमाले ४६ माओवादी ३१ जिल्ला इन्चार्ज भागबन्डा भइसकेको छ। ज्येष्ठ कम्युनिस्ट मञ्च माओवादी र सल्लाहकार परिषद्मा पूर्वएमालेले लिने गरी १२१ सदस्य हुने गरी भागबन्डा गरिसकिएको छ। तीन आयोगमा दुई पूर्वएमाले एक आयोग माओवादीको परेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group