ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सबै दलबीच मेलमिलाप आवश्यक छ– शङ्कर भण्डारी


एबीसी न्यूज
६ श्रावण २०७६, सोमबार   १२ : ५१   बजे

 

काठमाडौं, ६ साउन । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले बिपीको सम्मान गर्ने हो भने पार्टीभित्र र अन्य दलबीच आपसी मेलमिलाप आवश्यक रहेको बताउनुभएको छ ।

“मेलमिलापको नीति अङ्गीकार गर्ने बिपी र उहाँको पार्टी काङ्ग्रेसभित्रै आज मेलमिलाप छैन । नेता र कार्यकर्ताबीच सम्बन्ध बढाउन आजको दिनबाट प्रेरणा लिनुपर्छ ”, उहाँले भन्नुभयो ।

जननायक बिपी कोइरालाको ३७ औँ स्मृति दिवसका अवसरमा नेपाली काङ्ग्रेस तनहुँले व्यास नगरपालिका–५ मा आज आयोजना गरेको वृक्षरोपण कार्यक्रममा उहाँले शोषित पीडित जनताको मात्र नभई समग्र राष्ट्रको हितका लागि पनि बिपी कोइरालाको विचार आज पनि सान्दर्भिक रहेको बताउनुभएको छ । नेता भण्डारीले दुई तिहाइ बुहमतको सरकारलाई असफल हुने छुट नरहेको भन्दै वर्तमान सरकार असफल भए लोकतन्त्रमाथि प्रहार हुने बताउनुभयो । सरकारले जनअपेक्षाअनुसार काम गर्दै जानुपर्ने नेता भण्डारीको भनाइ थियो ।

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का जिल्ला अध्यक्ष एवं सांसद केदार सिग्देलले राष्ट्र, राष्ट्रियता, लोकतन्त्रका निम्ति सङ्घर्ष गर्ने बिपीको विचार आत्मसात् गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो । सिग्देलले राष्ट्रियता संरक्षणमा बिपीको भूमिका अतुलनीय रहेकाले उहाँको योगदानलाई चीरस्थायी बनाउनुपर्नेमा जोड दिनुभयो ।

नेपाली काङ्ग्रेस तनहुँका पूर्वसभापति धु्रव वाग्लेले मुलुकको स्वार्थका निम्ति सधैँ लागिरहनुभएका बिपीको विचार आज पनि सान्दर्भिक रहेको धारणा व्यक्त गर्नुभयो । नेपाली काङ्ग्रेस तनहुँका कार्यवाहक सभापति जितप्रकाश आलेले बिपीबाट पाठ सिकेर अहिलेका राजनीतिक दल अघि बढ्नुपर्ने बताउनुभयो । सो अवसरमा विभिन्न प्रजातिका बिरुवा रोपिएको थियो । वडा कार्यालयसँगको समन्वय र सहकार्यमा बिरुवाको संरक्षण गरिने काङ्ग्रेस तनहुँका सचिव विश्व बास्तोलाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group