बुटवल, ७ साउन । मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले यातायात व्यवस्था कार्यालयका दुई काईमा आज गरेको छड्केमा २१ जना कर्मचारी अनुपस्थित भएका छन् ।यातायात व्यवस्था कार्यालय सवारी शाखा मणिग्राममा ३२ दरबन्दी रहेकोमा कार्यालय प्रमुख सहित १० कर्मचारी अनुपस्थित भेटिए ।
त्यसैगरी लाइसेन्स शाखा बुटवलमा २९ कर्मचारीको दरबन्दी भएकोमा ११ कर्मचारी अनुपस्थित भएको पाइएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका प्रवक्ता बसन्त अधिकारीले जानकारी दिनुभयो । अनुगमनका लागि दुई कार्यालयमा मुख्यमन्त्री कार्यालयले दुई टोली खटाएको थियो ।
अनुपस्थित भएकाहरु कार्यालयमा उपस्थित हुनुपर्ने समयभन्दा ढिला उपस्थित भएको पाइएको,सबैलाई स्पष्टिकरण सोधिने र स्पष्टिकरण प्राप्त भएपछि अरु प्रक्रिया अघि बढ्ने प्रवक्ता अधिकारीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्