ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुलुकमा शान्तिसुरक्षा कायम राख्न गृह प्रशासन सफल– मन्त्री थापा


एबीसी न्यूज
७ श्रावण २०७६, मंगलबार   ४ : १२   बजे

 

काठमाडौँ, ७ साउन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मुलुकमा शान्तिसुरक्षा कायम राख्न गृह प्रशासन सफल रहेको बताउनुभएको छ ।

आर्थिक वर्ष २०७५/७६ को वार्षिक कार्यसम्पादन प्रगति र आगामी कार्यदिशाबारे आज यहाँ आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रियामा उहाँले सरकारले परिकल्पना गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ निर्माणका लागि शान्तिसुरक्षा मजबुत बनाउनुपर्ने बताउनुभएको हो ।

“देशमा राजनीतिक स्थायित्व र शान्तिसुरक्षालाई थप सुदृढ बनाउन गृह मन्त्रालय लागिरहेको छ”, उहाँले भन्नुभयो ।

गृहमन्त्री थापाले लामो समयपछिको राजनीतिक उपलब्धिको रक्षा गर्दै सङ्घीयतालाई थप सुदृढ बनाउन नेत्रविक्रम चन्द समूहबाट हुनसक्ने हिंसा नियन्त्रणमा सरकार लागेको स्पष्ट पार्नुभयो । त्यस्तो हिंसात्मक कृयाकलाप नियन्त्रण गर्न हालसम्म ५०० भन्दा बढी सो समूहका नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिइएको गरिएको उहाँको भनाइ थियो ।

मन्त्री थापाले वार्ताकै माध्यमबाट समस्या समाधान हुने भएकाले सरकारले उक्त समूहलाई वार्तामा आउन पटकपटक आग्रह गरेको उल्लेख गर्नुभयो । “विप्लव समूहबाट वार्ताका लागि कुनै किसिमको प्रस्ताव सरकारलाई आएको छैन”, गृहमन्त्री थापाले भन्नुभयो ।

देशको राष्ट्रिय एकतालाई कायम राख्न सिके राउतको समूहलाई सरकारले मूलधारको राजनीतिमा ल्याउन सफल भएको उहाँको भनाइ थियो ।

गृहमन्त्री थापाले सीमा क्षेत्रमा हुने सुनलगायत अन्य सामानको तस्करी, मानव बेचबिखनलगायतका विकराल समस्या समाधानमा सरकार सफल रहेको स्पष्ट पार्नुभयो । निर्मला हत्या प्रकरणलाई राजनीतिकरण गर्न खोजिएको बताउँदै उहाँले गृह प्रशासन, नागरिक समाज र पत्रकार मिलेर नै निर्मलाका हत्यारालाई खोज्नुपर्ने बताउनुभयो ।

हत्यारा बलात्कारीलाई कानूनी कारवाहीमा ल्याउन नेपाल प्रहरी ९५ प्रतिशत सफल भए पनि केही घटना अनुसन्धानको चरणमा रहेको उहाँको भनाइ थियो ।

विकासको नाममा ठेक्कापट्टा पारेर समयमा काम नसकी आर्थिक अपराध गर्ने ठेकेदारलाई कारवाही गरिने उहाँको भनाइ थियो । “भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयसँग सहकार्य गरेर समयमै काम नगर्र्ने ठेकेदारलाई कारवाहीको दायरामा ल्याउँछौँ”, उहाँले भन्नुभयो ।

गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले अनुसन्धानको प्रारम्भमा त्रुटि भएका कारण निर्मलाको हत्यारालाई पक्राउ गर्न नसकिएको स्वीकार गर्दै भन्नुभयो, “निर्मला हत्याकाण्डबारे छानबिन भइरहेको छ ।”

उहाँले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल ऐनको विधेयकबारे छलफल भइरहेको बताउँदै दुवै सङ्गठनमा आ–आफ्नो क्षेत्राधिकार रहेको उल्लेख गर्नुभयो । सीमित स्रोत र साधन भएर पनि प्रहरीले मुलुकको शान्तिसुरक्षामा उल्लेखनीय काम गरेको उहाँको भनाइ थियो ।

उक्त मन्त्रालयले ८२ बुँदे गृह प्रशासन सुधार कार्ययोजना– २०७४ मा ७८ बुँदा कार्यान्वयन गरिसकेको बताएको छ ।

सोही मन्त्रालयका सहसचिव नारायणप्रसाद शर्मा दुवाडीले गत आर्थिक वर्षमा आन्तरिक सुरक्षा व्यवस्थासम्बन्धी कार्यकारी आदेश जारी गरी केन्द्र र प्रदेशबीच सुरक्षा समन्वय मिलाइएको, विकास आयोजना सम्पन्न गर्न सहजीकरण गरिएको, अपराध नियन्त्रण कार्यमा समुदायको सहभागिता गरिएको, विपद्को घटना भएको ७२ घण्टाभित्र राहत उपलब्ध गराइएको बताउनुभयो ।

यस्तै सार्र्वजनिक यातायात क्षेत्रमा रहेको सिण्डिकेट अन्त्य गरिएको, कारागारको आन्तरिक व्यवस्थापनलाई अझ चुस्त तथा प्रभावकारी बनाउन लागिएको, सुन तस्करीको आपराधिक सञ्जाल तोडिएको, मापदण्ड विपरीत खटिएका सुरक्षाकर्मी फिर्ता गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group