सप्तरी, ७ साउन । सप्तरीमा मंगलबार बिहान वर्षासँगै झरेको चट्याङ् लागेर एक बालिकासहित तीन जनाको मृत्यु भएको छ ।
चट्याङ लागेर सप्तरीको तिलाठी कोईलाडी गाउँपािलका १ बस्ने लक्ष्मण यादवकी १५ वर्षिया छोरी पुनम यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । वर्षाको बेला धान खेतमा काम गरिरहेको अवस्थामा अचानक चट्याङ् लागेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै जिल्लाको सुरुङ्गा नगरपालिका ३ बस्ने ५५ बर्षीय हरीहर चौधरी खेतमा काम गरिरहेको अवस्थामा चट्याङ् लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । चट्याङ् लागेर गम्भिर घाइते भएका चौधरीको उपचारका क्रममा सप्तऋषी अस्पताल लहानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
त्यस्तै जिल्लाकै हनुमानगर कंकालिनी नगरपालिका ११ बस्ने शुभनारायण पण्डितको ४५ वर्षिया श्रीमती शिवसती देवी पण्डितको खेतमा श्रीमानलाई खाना पु¥याई फर्कने क्रममा चट्याङ् लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्