बझाङ , ७ साउन । बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका भोपुरमा निर्माण हुन थालेको क्षेत्रीय खेलमैदानको पर्खाल भत्किएको छ ।
सामाजिक विकास मन्त्रालयबाट विनियोजित २० लाख लागतमा निर्माण हुन थालेको उक्त निर्वाचन क्षेत्रीय खेलमैदानको पर्खाल निर्माण कार्य नसकिदै भत्किएको हो ।
निर्माण हुन थालेको खेलमैदानको पर्खाल भत्किएपछि सामाजिक सञ्जालमा विभिन्न टिका टिप्पणी आएका छन । जयपृथ्वी नगरपालिका भोपूरका स्थानियबासी प्राविधिक हरिशंकर जोशीले निर्माण कार्य नसकिदै पर्खाल भत्किएको बारे सामाजिक संञ्जालमा “खेलमैदानको पर्खाल कसको कमजोरी कारण भत्केको हो आवश्यक छानविन गरी दोषिलाई कडा कारबार्हिको माग गरेका छन” ।
खेलमैदान निर्माण समितिका सदस्य दिपकराम जोशीले भने निर्माण समितिले पनि स्थानिय दिनेश रोकायालाई निर्माणको जिम्मा दिएका थियौ, भत्किएको पर्खाल पुनः निर्माण गरेपछि मात्र रकम भुक्तानी दिइने बताए ।
४ जनाको खेलमैदान निर्माण समिति गठन गरी निर्माण कार्य अघि बढाएका थियौ सत्यवादी उच्च माध्यामिक विद्यालयका प्राचार्य रामदत्त जोशीले भने पर्खाल निर्माण गर्ने क्रममा पर्खाल भत्किएको हुँदा निर्माण समितिले भत्किएको पर्खाल पुनः निर्माण गरे मात्र भुक्तानी दिइने बताए ।
प्रतिक्रिया दिनुहोस्