ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आकस्मिक कक्ष साँघुरो हुँदा बिरामी मर्कामा


एबीसी न्यूज
८ श्रावण २०७६, बुधबार   १ : १९   बजे

भरतपुर, ८ साउन । आकस्मिक कक्षमा बिरामीको चाप बढेपछि भरतपुर अस्पतालको आकस्मिक कक्षमा कार्यरत स्वास्थ्यकर्मी केशव श्रेष्ठलाई कहाँ राखेर उपचार गराउने भन्ने समस्याले सतायो । हिजो मङ्गलबार राति अस्पतालको आकस्मिक कक्षमा ५० जना बिरामी उपचारका लागि आएका थिए ।

सोही रात प्रहरीले परीक्षणका लागि ल्याएका २३ जना बिरामी पनि थपिएपछि अस्पताल प्रशासनलाई धौ धौ प¥यौ । आकस्मिक कक्षमा रहेका जम्मा १२ वटा श्ययामा सबैलाई उपचार गर्न कठिन भएको श्रेष्ठले बताउनुभयो । तीमध्ये विषादी सेवन गरेका तीन र दमको एक जना बिरामीलाई अस्पतालको सघन उपचार कक्ष खाली नभएकाले निजी मेडिकल कलेज पठाइएको थियो ।

बाँकीमध्ये केही उपचारपछि घर गएका, थप उपचार गर्नुपर्ने भएकालाई विभागहरुमा पठाइएको र बाँकीलाई एउटै श्ययामा तीन जनासम्म राखेर उपचार गरिएको श्रेष्ठले जानकारी दिनुभयो ।
यो समस्या एक दिनको मात्र होइन । दैनिक दुई हजारभन्दा बढी बिरामीको उपचार गर्दै आएको यहाँको भरतपुर अस्पतालमा आकस्मिक कक्ष साँघुरो हुँदा एउटै श्ययामा तीन जनासम्म बिरामी राखेर उपचार गराउनु पर्ने अवस्था छ । उहाँ भन्नुहुन्छ, ‘‘कतिपय श्ययाको अभावमा आफ्ना बिरामीलाई अन्य निजी अस्पतालमा लैजान बाध्य भएका छन् ।’’

अस्पतालको आकस्मिक कक्ष प्रमुख राजकुमार ढुङ्गाना निकै कठिनाइका साथ काम गर्नु परेको गुनासो गर्नुहुन्छ । अस्पतालका सबै विभाग व्यवस्थित भइसक्दा पनि अति महत्वपूर्ण विभाग आकस्मिक कक्षको व्यवस्थापन हुन नसकेको उहाँको भनाइ छ ।

दैनिकजसो श्यया नपाएपछि बिरामी र आफन्तले कर्मचारीहरुसँग झगडा गर्ने गरेको ढुङ्गानाले बताउनुभयो । अस्पतालको कूल श्ययाको १० प्रतिशत अर्थात् ६० श्ययाको आकस्मिक कक्ष हुनुपर्ने भए पनि स्थापनाको समयदेखिको १२ श्ययामा खुम्चनु परेको ढुङ्गानाको भनाइ छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले बिरामीको चापअनुसारको आकस्मिक कक्ष नभएको स्वीकार्नुभयो । आकस्मिक कक्षसँगै प्रयोगशालासमेत आवश्यक हुने भए पनि यस्तो व्यवस्थापन हुन नसकेको उहाँले जानकारी दिनुभयो । चालू आर्थिक वर्षमा सुविधा सम्पन्न आकस्मिक कक्ष निर्माण गर्नुपर्ने आवश्यकता आफूले देखेको र सोही अनुरुप प्रक्रिया अघि बढाउन लागेको तिवारीको भनाइ छ ।

अस्पतालमा आउने बिरामीको आधारमा आकस्मिक कक्ष निकै सानो र अव्यवस्थित रहेको छ । पुरानो, जीर्ण र साँघुरो भवनमा आकस्मिक कक्ष सञ्चालन हुँदै आएको छ । आकस्मिक कक्षमा एउटा चरण ९सिफ्ट० मा एक चिकित्सक, एक प्यारामेडिक्स र एक जना नर्सिङ कर्मचारीको दरबन्दी रहेको छ ।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार आकस्मिक कक्षमा एक महीनामा तीन हजार पाँच सय हाराहारी बिरामी उपचारका लागि आउने गर्दछन् । दिनको समयमा बहिरङ्ग सेवामा समेत जाने भए पनि रातिको समयमा आकस्मिक कक्षमा बिरामीको चाप बढी हुने गर्दछ ।

थोरै श्ययाको साँघुरो आकस्मिक कक्ष भएकाले धान्न मुस्किल भएको उहाँको भनाइ छ । अस्पतालको वहिरंग सेवामा एक दिनमा एक हजार सात सयसम्म बिरामीको उपचार गरेको बताउँदै पौडेलले अस्पतालका ६०० श्यया बिरामीले भरिने गरेको जानकारी दिनुभयो ।

प्रसूति विभागमा बिरामी नअटेर भुइँमा उपचार गर्न बाध्य हुने गरेका छन् । अस्पतालमा २० श्ययाको सघन उपचार कक्ष, १२ श्ययाको बाल सघन उपचार कक्ष, २० श्ययाको वृद्धवृद्धा कक्ष, २० श्ययाको पोष्टअपरेटिभ कक्ष र १२ श्ययाको डायलासिस कक्षसमेत रहेका छन् ।

विसंं २०१३ मा एउटा छाप्रोको १५ श्ययाबाट शुरु भएको भरतपुर अस्पतालले केन्द्रीय स्तरको बनेसँगै ५०० श्ययाको अनुमति पाए पनि अस्पतालमा ६०० श्यया सञ्चालनमा छ । हाल अस्पतालले १४ वटा विभागमार्फत सेवा दिँदै आएको छ । चितवन, मकवानपुर, नवलपरासी, धादिङ, गोरखा, लम्जुङ, तनहुँ लगायतका १९ वटा जिल्लाबाट उपचारका लागि यहाँ बिरामी आउने गर्दछन् । वार्षिक रुपमा करीब तीन लाख हाराहारी बिरामीले सेवा लिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढीपीडितलाई जाजु र शारडा ग्रुपको ६० लाखको राहत

त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा उद्धारका लागि नेपाली सेनासहित प्राविधिक टोली परिचालन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu