ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रिक्त जनप्रतिनिधिको विवरण पठाउन निर्देशन, अहिलेसम्म ४७ पद रिक्त


एबीसी न्यूज
८ श्रावण २०७६, बुधबार   ३ : ४६   बजे

 

काठमाडौं, ८ साउन । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई रिक्त जनप्रतिनिधिको विवरण पठाउन निर्देशन दिएको छ ।

मन्त्रालयले पटकपटक निर्देशन दिँदा पनि स्थानीय तहले रिक्त जनप्रतिनिधिको विवरण नपठाएपछि पुनः बिहीबार भोलि सम्ममा विवरण पठाउन स्थानीय तहलाई निर्देशन दिएको हो ।

निर्वाचन आयोगले मन्त्रालयलाई पत्र पठाउँदै रिक्त जनप्रतिनिधिको विवरण माग गरेपछि मन्त्रालयले स्थानीय तहलाई विवरण पठाउन निर्देशन दिएको मन्त्रालयका सङ्घीय मामिला शाखाका शाखा अधिकृत खेमराज जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मन्त्रालयले नगरपालिकाका प्रमुख/उपप्रमुख गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष र वडाध्यक्षसम्मको रिक्त विवरण पठाउने निर्देशन दिएको हो । मन्त्रालयले रिक्त पद, कहिलेदेखि रिक्त र रिक्त हुनुको कारणसहितको विवरण पठाउन भनिएको छ ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ३ (२) बमोजिम जिल्ला समन्वय समितिको प्रमुख/उपप्रमुख, नगरपालिकाको प्रमुख÷उपप्रमुख र गाउँपालिकाको अध्यक्ष/उपाध्यक्ष तथा वडाध्यक्षको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा बाँकी पदावधिको लागि आयोगको परामर्श लिई सरकारले तोकेको मितिमा त्यस्तो रिक्त पदको उपनिर्वाचनबाट परिपूर्ति गर्नुपर्ने व्यवस्था रहेकाले रिक्त विवरण माग गरिएको आयोगका उपसचिव सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो ।

आयोगले यसै वर्षमा सङ्घ, प्रदेश र स्थानीय तहको रिक्त रहेको पदको उपनिर्वाचन गर्ने तयारी गरेको छ । रिक्त वडासदस्यको विवरण पठाए पनि उपनिर्वाचन भने हुने छैन ।

रिक्त पदको आयोगले उपनिर्वाचन गर्ने तयारी गरिरहेको हुँदा रिक्त पद र निर्वाचनको बेला उम्मेदवारी नै नपरी रिक्त रहेको पदको विवरण माग गरेको उहाँले बताउनुभयो । मन्त्रालयले यसअघि २०७५ साउन १३ गते पनि जिल्ला समन्वय समितिमार्फत सबै स्थानीय तहसँग रिक्त विवरण माग गरेको थियो तर विवरण नपठाएपछि पुनः माग गरिएको हो ।

मन्त्रालयका शाखा अधिकृत जोशीले ४० वटा जिल्लाका स्थानीय तहले विवरण पठाइसकेको जानकारी गराउनुभयो । “आएका विवरणलाई हामीले अद्यावधिक गर्दछौँ”, उहाँले भन्नुभयो, “आइतबारसम्ममा सबै विवरणलाई आयोगमा पठाउने छौँ ।” आयोगका सूचना अधिकारीसमेत रहनुभएका उपसचिव अर्यालले उपनिर्वाचनको तयारी गरिरहेको बताउनुभयो ।

“हामी उपनिर्वाचनको लागि मतदाता नामावली दर्तादेखि उपनिर्वाचन निर्देशिका बनाइरहेका छाँै”, उहाँले भन्नुभयो, “ उपनिर्वाचनको मिति तोकेलगत्तै निर्वाचन गर्ने गरी काम गरिरहेका छौँ ।” उहाँका अनुसार आयोगमा अहिलेसम्म ४७ पद रिक्त रहेको जानकारी प्राप्त भएको छ ।

प्रतिनिधिसभातर्फ कास्की क्षेत्र नं १, प्रदेश सभासदस्यतर्फ भक्तपुर, दाङ र बागलुङ रहेको छ । कास्की क्षेत्र नं १ बाट निर्वाचित तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको गत फागुन १५ गते हेलिकप्टर दुर्घटनामा निधन भएको थियो ।

प्रदेशतर्फ भक्तपुरबाट निर्वाचित हरिशरण लामिछाने, बागलुङबाट टेकबहादुर घर्ती र दाङका उत्तरकुमार वलीको निधन भएको थियो । यसैगरी धरान उपमहानगरपालिका प्रमुख तारा सुब्बाको पनि निधन भएपछि पद रिक्त रहेको छ ।
आयोगका अनुसार चार गाउँपालिकाका अध्यक्षसहित ३८ वडाध्यक्षका पद विभिन्न कारणले रिक्त रहेका छन् । आयोगका उपसचिव अर्यालले रिक्त जनप्रतिनिधिको एकै पटक वा छुट्टाछुट्टै समयमा उपनिर्वाचन गर्नेबारेमा भने सरकारसँग छलफल गरिने जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group