ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बझाङ्गमा ५५ करोड ४० लाख रकम फ्रिज


एबीसी न्यूज
८ श्रावण २०७६, बुधबार   ७ : ३१   बजे

 

बझाङ्, ८ साउन ।  बझाङ्गमा आर्थिक वर्ष २०७५/७६ मा ५५ करोड ४० लाख रकम फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय बझाङले जनाएको छ ।
जिल्लामा गएको आर्थिक वर्षको चालू खर्च तर्फ ३९ करोड ६९ लाख ९७ हजार ८७३ र पुँजीगततर्फ १५ करोड ७० लाख १७ हजार ५८७ रुपयाँ फ्रिज भएको कोष तथा लेखा नियन्त्रक शेरबहादुर विष्टले बताए ।

संघीय सरकार र प्रदेश सरकारबाट निकासा भएको चालूतर्फ ४ अर्ब ९५ करोड ७४ लाख १६ हजार ३०३ बजेट रहेको थियो । गत आर्थिक वर्षको पुँजीगततर्फको खर्च प्रतिशत हेर्दा ८० दशमलव ४९ प्रतिशत खर्च भएको छ भने चालूतर्फको खर्च ९२ दशमलव ५९ प्रतिशत खर्च भएको हो ।

दुई नगरपालिका र १० गाउँपालिका रहेको यस जिल्लामा स्थानीय तहले पनि काम गर्न नसकेर रकम फ्रिज गरेका छन् । तल्कोट गाउँपालिकाले ३८ लाख ९३ हजार ४१८ फ्रिज गरेको छ भने बुंगल नगरपालिकाबाट ३ करोड २५ लाख २० हजार, सुर्मा गाउँपालिकाबाट १३ लाख ६ हजार ६ सय , केदारस्यँु गाउँपालिकाबाट ३ करोड १२ लाख ७४ हजार ६५४ रकम फ्रिज भएको छ ।

यसका साथै थलारा गाउँपालिकाबाट २ करोड ८३ लाख ५८ हजार ८२४, बित्थड चिर गाउँपालिकाबाट २४ लाख ९३ हजार ७८८, दुर्गाथली गाउँपालिकाबाट ७४ लाख ६५ हजार ६ सय, खप्तडछान्ना गाउँपालिकाबाट ३ करोड ५८ लाख ५७ हजार २२३, जयपृथ्वी नगरपालिकाबाट २ करोड ४८ लाख ७ हजार ३३३ रकम फ्रिज भएको छ ।

साथै मष्टा गाउँपालिकाबाट ३२ लाख २५ हजार, साइपाल गाउँपालिकाबाट ८९ लाख ८५ हजार ६२९ र छबिसपाथीभेरा गाउँपालिकाबाट ३ करोड १० लाख ३१ हजार ९३३ रकम पनि फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय बझाङले जानकारी दिएको छ ।

जिल्लामा प्रायः जसो रकम ढिला निकासा भएका कारण खर्च गर्न नसकेको जनाएको छ । राज्यको पुनः संरचना भएर स्थानीय तह भएपछि बझाङ जिल्लामा सरकारको आउने बजेट बढेको बताउँदै कोष नियन्त्रक विष्टले खर्चअनुसार उपलब्धि देखाउनतिर अब सबैको ध्यान जान जरुरी भएको बताए ।

जिल्लामा रहेका १२ वटै स्थानीय तह अन्य सरकारी कार्यालयको निकासा तथा खर्चको विवरण कोष तथा लेखा नियन्त्रण कार्यालयमा हुने भए पनि केही जिल्लाबाहिर रहेका डिभिजन कार्यालयबाट निकासा भएको रकमको जिल्लामा अभिलेख छैन ।

यसका साथै गैरसरकारी संस्थामा निकासा खर्चको विवरण कोष तथा लेखा नियन्त्रक कार्यालयमा नहुने हुँदा वर्षभरि सरकारी गैरसरकारी निजी क्षेत्र र रेमिट्यान्सको रकम हेर्दा झन्डै १२ अर्ब जति रकम बझाङमा परिचालन हुने गरेको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

तातोपानी बीओपीमा सुख्खा पहिरो, सशस्त्र प्रहरीको ब्यारेकमा क्षति

अविरल वर्षाले देशभरका मुख्य राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा अवरुद्ध

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu