ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सङ्घीयताको रक्षाका लागि अग्रसर हुन आग्रह– बाबुराम भट्टराई


एबीसी न्यूज
८ श्रावण २०७६, बुधबार   ७ : ४७   बजे

काठमाडौं, ८ साउन । सङ्घीय समाजवादी पार्टी नेपालका सङ्घीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले संविधानको पूर्णता र सङ्घीयताको रक्षाका लागि अग्रसर हुन आग्रह गर्नुभएको छ । आज यहाँ आयोजित पार्टीको मधेश प्रदेश समितिको प्रादेशिक समायोजन घोषणासभामा उहाँले समुन्नत लोकतन्त्रको संस्कृति निर्माण गर्नु जरूरी रहेको बताउनुभयो ।

उहाँले भिडभाड र तडकभडकले लोकतन्त्र, सङ्घीयता र संविधानको रक्षा हुन नसक्ने बताउँदै प्रतिबद्ध भई जनताका पक्षमा उभिनु अहिलेको आवश्यकता भएको धारणा राख्नुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका भट्टराईले लोकसेवा आयोगले सङ्घीयता विपरीत विज्ञापन गरी सङ्घीयताको जगलाई नै कमजोर बनाउने कार्य गरेको भन्दै आलोचना गर्नुभयो ।

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले मुलुकको विविधताको प्रतिविम्ब शासन र प्रशासनमा हुनु आवश्यक रहेको बताउनुभयो । लोकसेवा आयोगले संसदीय राज्य व्यवस्था समितिको आदेशलाई अवज्ञा गरी संसदीय लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाउने षड्यन्त्र गरेको आरोप लगाउँदै पार्टीका अध्यक्षसमेत रहनुभएका यादवले संविधानले पहिचान र सामथ्र्य गौण बनाइ सङ्घीयता कार्यान्वयन गराउने प्रयास भइरहेको चर्चा गर्नुभयो ।

पार्टीका उपाध्यक्ष एवं प्रदेश नं– २ का मुख्यमन्त्री लालबाबु राउत, केन्दीय उपाध्यक्ष रेणुकुमारी यादव, मधेश प्रदेश समितिका अध्यक्ष एवं प्रदेश नं– २ का आर्थिक मामिलामन्त्री विजयकुमार यादव, समितिका मुख्य सचिव शम्भु झाले समाजवादी पार्टी नेपाललाई श्रेष्ठ पार्टी बनाउनुपर्ने खाँचौं ओल्याउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group