ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वर्षातका कारण उदयरपुरका अधिकांश सडक भत्किए, तत्काल हेलिकोप्टरबाट खाद्यान्न ढुवानीको माग (भिडियोसहित)


एबीसी न्यूज
९ श्रावण २०७६, बिहिबार   ११ : ५२   बजे

उदयपुर, ९ साउन ।  अबिरल वर्षातकाकारण सडक तहसनहस भएपछि उदयपुरको दुई गाँउपालिकामा खाद्यान्नको चरम अभाव भएको छ । उदयपुरको कर्णाली भनेर चिनिने लिम्चुङबुङ, ताप्लीगाउँपालिका पूर्णरुपले सडक विच्छेद भएपछि यस भेगमा खाद्यान्नको अभाव भएको हो । गाउँमा खाद्यान्न तथा उपभोग्य सामग्री ढुवानी नभएकाले दुर्गम गाउँका वासिन्दाहरु भोकै पर्ने अवस्था आएकाले तत्काल हेलिकोप्टरबाट भएपनि ढुवानीको माग गरिएको जिल्ला समन्वय समितिप्रमुख खड्गबहादुर परियारले जानकारी दिए ।

उद्धार र राहतको काम सुगम क्षेत्रमामात्र केन्द्रितभएको भन्दै दुर्गमका जनप्रतिनिहिरुले गुनासो राखेका छन् । सडक अवरुद्ध भएको भन्दै राहतदाताहरु दुर्गममा पुग्न सकेका छैनन् । जिल्ला प्रशासन कार्यालय उदयपुरका अनुसार लिम्चुङबुङ र ताप्लीगाँउपालिकामा १७ मेट्रिकटन चामल सहित विभिन्न उपभोग्य बस्तु ढुवानी गर्ने सरकारी प्रक्रिया अघि बढाइएको हो । गएको बैशाख, जेठ र असार मसनन्तसम्मलामो खडेरीले यस क्षेत्रमा मकै उत्पादन समेत नभएको र वर्षाले सडक सञ्जाल पुर्ण रुपमाक्षति भएपछि हेलिकप्टरबाट खाद्यन्न ढुवानी गर्ने तयारी गरेको प्रमुखजिल्लाअधिकारी धुर्वबहादुर खड्काले जानकारी दिए ।

लिम्चुङबुङमा ९ मेट्रिकटन २०४ केजीचामल, दाल, तेल र नुन ९ क्विनटल २१ केजीका दरले ढुवानी गर्न गाँउपालिकाकाले माग गरेको छ । यसैगरी ताप्लीगाँउपालिकामा ५ मेट्रिकटन ५८ केजिचामल सहितदाल, तेल र नुन ९ क्विनटल २१ केजीका दरले ढुवानी गर्न ताप्लीगाँउपालिकाकाले माग गरेको गरेको छ । स्थानीयतह, प्रदेश र संघीय सरकारको पहलमा हेटिकप्टरबाट त्यस क्षेत्रमाखाद्यन्न पठाउन लागिएको हो । उदयपुरमा ३ जनाको मृत्य, ३१ घर पूर्ण क्षती, ६८ घर अत्तिजोखिममा र १ हजार ५ सय ७६ घर प्रभावित रहेको जिल्लाप्रशासनकार्यालय उदयपुरले जनाएको छ । पिडित र प्रभावितको विवरण थप संकलनका साथै उद्धार र राहतको कामपनिभईरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group