ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई कर्मचारीले मात्रै धानेको पाँच जिल्ला


एबीसी न्यूज
९ श्रावण २०७६, बिहिबार   १२ : ४७   बजे

 

 

काठमाडौं, ९ साउन । पाँच जिल्ला कार्यक्षेत्र रहने गरी तनहुँको दमौलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय स्थापना भयो ।
तनहुँसहित गोरखा, लमजुङ, मनाङ र नवलपुरको जिम्मेवारीसहित २०७५ साल कात्तिक १५ गते डिभिजन कार्यालय दमौलीमा स्थापना भएको हो । ती पाँच जिल्लाको खाद्यान्न अनुगमन गर्ने जिम्मेवारी पाएको डिभिजन कार्यालयमा भने जम्मा दुई जना कर्मचारी कार्यरत छन् । दुई जनामध्ये एक कार्यालय प्रमुख हुन् भने अर्का कार्यालय सहयोगी । कर्मचारी अभावमा कार्यालयले सोचे जस्तो काम गर्न सकेको छैन ।

यद्यपि तनहुँ जिल्लामा भने कार्यालयले बेलाबेलामा अनुगमन गर्ने गरेको डिभिजन प्रमुख शिवजी बरालले जानकारी दिनुभयो । दुई जना प्राविधिकसहित चार जनाको दरबन्दी रहेको कार्यालयले कर्मचारी अभावमा तनहुँबाहेक अन्य चार जिल्लामा अनुगमनको काम गर्न नसकेको बरालले बताउनुभयो ।

“पाँच जिल्लाका होटल र उद्योग निरीक्षण एवं अनुगमन तथा खाद्य नमुना सङ्कलनको काम गर्ने जिम्मेवारी कार्यालयलाई भएपनि कर्मचारी अभावमा समस्या भोग्नुपरेको छ,” बरालले भन्नुभयो, “तनहँु सदरमुकाम दमौलीका केही होटल र उद्योगहरुको अनुमगन गरिए पनि एक÷एक पटक गोरखा र लमजुङ पुग्नेबाहेक अन्य काम गर्न सकिएको छैन ।” बरालका अनुसार नवलपुर र मनाङमा भने एक पटक पनि अनुगमन भएको छैन ।

सङ्घीय सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत खाद्य प्रविधि तथा
गुण नियन्त्रण विभाग मातहत रहेको कार्यालय दमौलीको एक घरमा भाडामा सञ्चालित छ । “जुन उद्देश्यका साथ डिभिजन कार्यालय स्थापना भएको हो, कर्मचारी अभावमा उद्देश्य अनुसारको काम गर्न सकेका छैनौँ”, बरालले भन्नुभयो, “कर्मचारी दरबन्दीको विवरण सम्बन्धित ठाउँमा जानकारी गराएका छाँै ।”

प्रमुख पर्यटकीय गन्तव्य रहेको तनहँु, लमजुङ, गोरखा र मनाङमा धेरै होटल रहे पनि ती सबै होटलको अनुगमन गर्न नसकिएको बरालले बताउनुभयो । यद्यपि जिल्ला प्रशासन कार्यालय, कृषि विकास कार्यालय र होटल व्यवसायी सङ्घसँगको समन्वयमा दमौलीमा बेला–बेलामा अनुगमन हुने गरेको उहाँले जानकारी दिनुभयो ।
तनहुँका प्रजिअ रुद्रप्रसाद पण्डितले पाँच जिल्लाको खाद्य अनुगमन गर्ने जिम्मेवारी तोकिएको कार्यालयमा कर्मचारी नभएका बारेमा सम्बन्धित ठाउँमा जानकारी गराइसकिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group