काठमाडौं, ९ साउन । सरकारले दुई जना सचिवलाई सरुवा गरेको छ । शहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहलाई जल तथा ऊर्जा आयोगको सचिवालयमा र आयोगको सचिवालयका सचिव मधुसुदन अधिकारीलाई शहरी विकास मन्त्रालयमा सरुवा गरेको हो । त्यस्तै सरकारले प्युठानको माण्डवी गाउँपालिकाको केन्द्र पनि सारेको छ ।
साविक नयाँ गाउँ गाविसको कार्यालयमा रहेको केन्द्रलाई माण्डवी गाउँपालिका ३ जस्पुर कायम गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्केटाले जानकारी दिनुभयो । मन्त्रिपरिषद बैठकले सोमपसाद पाण्डे संयोजकत्वको राजनीतिक वार्ता टोलीले पेश गरेको प्रतिवेदन गृह मन्त्रालयमा पठाउने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्