ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्रिपरिषद् निर्णय: शहरी विकास मन्त्रालयका दुई सचिवको सरुवा


एबीसी न्यूज
९ श्रावण २०७६, बिहिबार   ७ : २५   बजे

 

काठमाडौं, ९ साउन । सरकारले शहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहलाई जल तथा ऊर्जा आयोगको सचिवालयको सचिवमा र जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव मधुसुदन अधिकारीलाई शहरी विकास मन्त्रालयको सचिवमा सरुवा गरेको छ ।

यही साउन ६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सो जानकारी दिनुभएको हो ।

सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा पुरुषोत्तमप्रसाद खनाललाई नियुक्त गरेको छ । त्यस्तै दूरसञ्चार ९नवौँ संशोधन० नियमावली, २०७६ स्वीकृत गरी नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

यसैगरी सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा गठित राजनीतिक वार्ता टोलीले सरकारसमक्ष पेश गरेको प्रतिवेदन आवश्यक कारवाहीका लागि गृहमन्त्रालयमा लेखी पठाउने निर्णय गरेको छ । उक्त वार्ता टोली मन्त्रिपरिषद्को २०७५ साल भदौ ८ गतेको निर्णयअनुसार गठन भएको थियो ।

मन्त्रिपरिषद्को बैठकले मदन भण्डारी विज्ञान तथ प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेश गर्न स्वीकृति दिएको छ । प्युठानको माण्डवी गाउँपालिको केन्द्र साविक नयाँगाउँ गाउँ विकास समितिको कार्यालयबाट हेरफेर गरी माण्डवी गाउँपालिका–३ जस्पुर कायम गर्ने र यससम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशत गर्ने निर्णय समेत भएको मन्त्री बाँस्कोटाले जानकारी दिनुभयो ।

सरकारले हवाई यातायात सेवालाई नियमन गर्ने र सञ्चालन गर्ने छुट्टाछुट्टै निकाय बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन र नेपाल हवाई प्राधिकरण ऐन बनाउन सैद्धान्तिक स्वीकृति दिएको छ । त्यस्तै बर्दगोरिया ४००/१३२ केभी सवस्टेशन कैलाली का लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरिएको छ ।

नारायणघाट–मुग्लिङ सडकमा पर्ने ‘इन्टरमिडियट लेन’का पुलहरुलाई ‘डबल लेन’ मा निर्माण गर्न अत्यावश्यक भएकाले सार्वजनिक खरीद नियमावली, २०६४ बमोजिम वातावरणीय अध्ययनसमेत गरी डिजाइन तथा निर्माणसम्बन्धी काम ठेक्काबाट गर्ने गरी बोलपत्र आह्वान गर्न स्वीकृति दिइएको मन्त्री बाँस्कोटाले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद बैठकले युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजना कार्यान्वयनका लागि नेपाल सरकारलाई विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट ऋण सहायताका रुपमा प्रस्तावित करीब रु १३ अर्ब स्वीकार गर्ने सम्बन्धमा नेपाल सरकारको तर्फबाट वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।

सो बैठकले नेपाल बन्दरगाह प्राधिकरणसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ । नेपाल राजपत्रमा २०७० साल फागुन १ गते खण्ड ६३ अतिरिक्ताङ्क ३०  भाग ५ को क्रमसङ्ख्या ४ मा प्रकाशित सूचना खारेज गर्ने र कृषि तथा पशुपक्षी विकास मन्त्रालयको गैरकर राजश्वका दरमा परिमार्जन गर्ने विषयको सूचना स्वीकृत गरी नेपाल राजपत्रमा प्रकाशन गर्ने सरकारले निर्णय गरेको छ ।

विभिन्न आयोजना सञ्चालनका लागि खानेपानी मन्त्रालयमा २१३, वन तथा वातावरण मन्त्रालयमा ५० र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा ७२६ जना राजपत्रांकित श्रेणीका अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरिएको मन्त्री बाँस्कोटाले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

भारतीय नागरिक मुन्सीलाल पासीको नागरिकता प्रमाणपत्र रद्द गरी नेपाली नागरिकबाट हटाउने निर्णय गरिएको छ । सरकारले राष्ट्रिय परिचयपत्रमा हाल कायम रहेको विवरणमध्ये केही विवरण कार्ड, चिप्स र प्रणालीमा राखी परिमार्जन गर्ने निर्णय गरेको छ ।

कञ्चनपुरमा मृत्यु भएका चन्द्रदेव भट्टको परिवारलाई रु पाँच लाख, रौतहट जीप दुर्घटनामा परी मृत्यु भएका थुनुवा मुकेश भनिने निर्मल साह र रमेशकुमार चौधरीको परिवारलाई प्रतिपरिवार रु पाँच लाख राहतस्वरुप उपलब्ध गराउने निर्णय भएको छ ।

नेपाल र जर्जियाबीच कूटनीतिक तथा अफिसियल/सर्भिस राहदानी बाहकका लागि आवश्यक भिसा उन्मुक्ति दिनेसम्बन्धी सम्झौतापत्रमा नेपाल सरकारका तर्फबाट समकक्षी मिलाई हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई स्वीकृति दिइएको उहाँले जानकारी दिनुभयो ।

सरकाले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई काठमाडौँको साविकको खड्का भद्रकाली गाविस वडा नं ७ कित्ता नं ७३ हाल बूढानीलकण्ठ नगरपालिका–७ कित्ता नं २३ को नेपाल सरकारका नाममा रहेको क्षेत्रफल ४१ रोपनी १० आना ३ पैसा जग्गा लिजमा उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group