ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिआरआईबाट दुवै देश लाभान्वित हुनुपर्छ– उपराष्ट्रपति


एबीसी न्यूज
९ श्रावण २०७६, बिहिबार   ७ : ४६   बजे

काठमाडौं, ९ साउन । उपराष्ट्रपति नन्दबहादुर पुनले चीनका राष्ट्रपति सि चिनफिङले अगाडि सार्नुभएको अवधारणा ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ बीआरआईमा सहभागी हुन पाउनु नेपालको लागि गौरवको विषय भएको बताउनुभएको छ ।

चीनको यूनान प्रान्तका उपगभर्नर चाङ कुवहुयले आज ग्रीनहाउसमा गर्नुभएको शिष्टाचार भेटमा उहाँले भन्नुभयो, “बीआरआईमा नेपाल जोडिएको छ, यसले दुवै देशलाई उचित लाभ दिनुपर्छ ।”उपराष्ट्रपतिले वैदेशिक लगानीका लागि नेपालमा अनुकूल वातावरण रहेको उल्लेख गर्दै चिनियाँ लगानीका लागि आग्रह गर्नुभयो ।

“हामी समृद्ध नेपाल, सुखी नेपालीको नाराका साथ आर्थिक विकासतिर अगाडि बढेका छौँ”, उहाँले भन्नुभयो, “नेपालको विकास र समृद्धिका लागि आन्तरिकका साथै वैदेशिक लगानीको खाँचो छ । यसमा चिनियाँ लगानीकर्ताले अधिकतम लगानी गर्ने अपेक्षा लिएका छौँ ।” उहाँले कृषिको आधुनिकीकरण, पर्यटन पूर्वाधारको विकास, जडीबुटीको प्रशोधन, खनिज पदार्थको उत्खनन र भौतिक पूर्वाधार निर्माण विकासका प्राथमिकता भएको उल्लेख गर्दै यी क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो ।

भेटमा उपगभर्नर चाङ कुवहुयले नेपालसँग विभिन्न क्षेत्रमा सहकार्य गर्न पाउँदा चीन र यूनान प्रान्त खुशी रहेको बताउनुभयो । उहाँले राष्ट्रपति सिले यूनान प्रान्तलाई दक्षिण एशिया र पूर्वी एशियाका राष्ट्रहरुसँग चीनको सम्बन्धको गन्तव्य बनाउनुपर्ने धारणा लिएको उल्लेख गर्दै सोहीबमोजिम काम भइरहेको बताउनुभयो । उहाँले यूनान प्रान्तले नेपालमा जलविद्युत् निर्माणका लागि लगानी गरिरहेको र थप लगानी गर्न लागेको बताउनुभएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group