ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिटी सफारीका कारण ट्राफिक व्यवस्थापनमा समस्या


एबीसी न्यूज
१० श्रावण २०७६, शुक्रबार   ४ : २७   बजे

 

विराटनगर,१० साउन । विराटनगरमा सिटी सफारीको सङ्ख्या अत्यधिक वृद्धिले ट्राफिक व्यवस्थापनमा समस्या उत्पन्न भएको छ ।

सिटी सफारीका कारण विराटनगर नगर क्षेत्रमा दैनिक ट्राफिक समस्या उत्पन्न भई दुर्घटना हुने गरेको छ । सवारी चालक अनुमति बिना सञ्चालन गर्ने सफारीले नगर क्षेत्रको ट्राफिक जामको समस्या सबै क्षेत्रमा उत्पन्न गरेको स्थानीयवासीको आरोप छ ।

विराटनगर महानगरपालिकामा दर्ता भएको सफारीको सङ्ख्या एक हजार ७०० रहेको भए पनि विराटनगरमा चार हजार २०० सफारी सडकमा गुड्ने गरेको जिल्ला ट्राफिक कार्यालय मोरङका प्रहरी निरीक्षक शिवकुमार पोखरेल जानकारी दिनुभयो ।

मोरङ जिल्ला अन्य ठाउँहरुमा दर्ता भएको सिटी सफारीसमेत राम्रो आम्दानी हुने गरेकाले यही आएर सञ्चालन गर्ने गरेको उहाँले बताउनुभयो । मोरङ जिल्लामा गत आर्थिक वर्ष २०७५÷७६ मा सिटी सफारी दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको प्रहरी निरीक्षक पोखरेल जानकारी दिनुभयो ।

ट्राफिक प्रहरीले गत आर्थिक वर्षमा सिटी सफारीबाट मात्र रु ४५ लाख ६१ हजारको राजश्व सङ्कलन गरेको छ भने भने सवारी नियम उल्लङ्घन गरेबापत सो अवधिमा सात हजार ८८२ जनालाई कारवाहीमा गरेको थियो ।

सिटी सफारी चालक रञ्जीत साहले सफारीको आम्दानीबाट आफू सन्तुष्ट रहेको बताउँदै दिनमा रु आठ सय जति कमाई हुने र घर खर्च टार्नमा कुनै समस्या नरहेको बताउनुभयो ।

यस्तै अर्को सफारी चालक शङ्कर सहनीले मासिक किस्ताबन्दीमा सफारी खरीद गरेको र कुनै दिन रु दुई सय पनि आम्दानी नहँुदा समस्या पर्ने र वर्षाको मौसममा यात्रु कम आउने हुनाले आम्दानी कम हुने गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढीपीडितलाई जाजु र शारडा ग्रुपको ६० लाखको राहत

त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा उद्धारका लागि नेपाली सेनासहित प्राविधिक टोली परिचालन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu