ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आजबाट अपाङ्गता परिचय पत्र वितरण शुरु


एबीसी न्यूज
१० श्रावण २०७६, शुक्रबार   ५ : ५१   बजे

काठमाडौं, १० साउन । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी भक्तपुर नगरपालिकाले आजदेखि नगरभित्रका अपाङ्गता भएका व्यक्तिलाई रातो र निलो रङ्गको परिचयपत्र वितरण शुरू गरेको छ ।

नगरपालिकाले आज आयोजना गरेको परिचयपत्र वितरण कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले नगरभित्रका पूर्ण अशक्त ६० जनालाई रातो कार्ड र अतिअशक्त १४५ जनालाई निलो कार्ड गरी २०५ जनालाई परिचयपत्र वितरण गर्नुभयो ।

मध्यम खालको अपाङ्गता भएकालाई पहेँलो र सामान्य अपाङ्गता भएकालाई सेतो परिचयपत्र वडा कार्यालयबाटै वितरण गरिने भएको छ ।

उहाँले नगरपालिकाले अपाङ्गता भएका व्यक्तिलाई पनि प्राथमिकतामा राखी समान ढङ्गले हेर्दै आएको बताउनुभयो । उहाँले नगरपालिकाभित्रका सरकारी सङ्घ–संस्था, पोखरी र पार्कलाई अपाङ्गमैत्री बनाउने उद्देश्यले काम भइरहेको जानकारी गराउनुभयो ।

नगर उपप्रमुख एवं अपाङ्गता परिचयपत्र वितरणसम्बन्धी अस्थायी समन्वय समितिका संयोजक रजनी जोशीले नगरपालिकाले अपाङ्गता भएका व्यक्तिको वृत्तिविकासका लागि रु १५ लाख बजेट विनियोजन गरेको बताउनुभयो ।

नगरपालिकाले अपाङ्गता भएका व्यक्तिका लागि निःशुल्क स्वास्थ्य जाँच, आर्थिक सहुलियत, आवश्यक सहायक सामग्रीका लागि बजेट व्यवस्थापन तथा ब्रेल लिपी पाठ्यपुस्तक उपलब्धता, घुम्ती शिविर सञ्चालनलगायतका कार्य गर्दै आएको बताउनुभयो ।

उहाँले शारीरिक रुपमा अशक्त व्यक्तिका लागि नेपाल सरकारले अपुग बजेट छु्याएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group