ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय चिन्हको अवमूल्यन हुनेगरी विज्ञापन गर्न नपाइने


एबीसी न्यूज
१० श्रावण २०७६, शुक्रबार   ७ : ११   बजे

काठमाडौं, १० साउन । राष्ट्रिय झण्डा, राष्ट्रिय गान, चिन्ह, निशाना छाप र विभूतिको अवमूल्यन हुनेगरी विज्ञापन बनाइ प्रकाशन एवं प्रसारण गर्न नपाइने भएको छ ।

प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको बैठकमा जारी विज्ञापन नियमन गर्ने विधेयक, २०७५ माथिको दफावार छलफलका क्रममा सांसदहरुले यसअघि व्यवस्था गरिएको राष्ट्रिय गान, चिन्ह, निशाना छाप र विभूतिको प्रयोग गरेर विज्ञापन बनाउने विषयलाई भने हटाउनुपर्नेमा जोड दिनुभयो ।

‘क्लिन फिड’ कार्यान्वयनको दफा पारित

यसैगरी समितिको आजको बैठकले ‘क्लिन फिड’ कार्यान्वयन सम्बन्धी दफा पारित गरेको छ । समितिले पुराना सेवा प्रदायकले ऐन कार्यान्वयनमा आएको एक वर्षभित्र क्लिन फिड कार्यान्वयन गर्नुपर्ने व्यवस्था गरेको सभापति कल्याणीकुमारी खड्काले बताउनुभयो । नयाँ सेवा प्रदायकले भने ऐन लागू भएकै दिनदेखि क्लिन फिड लागू गर्नुपर्ने व्यवस्था विधेयकमा छ ।

पुरानासेवा प्रदायकले क्लिन फिड्का लागि पूर्वाधार बनाउनुपर्ने भएकाले एकवर्ष समय दिइएको सभापति खड्काले बताउनुभयो । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले भने नेपाल राजपत्रमा सूचना प्रकाशित भएपछि क्लिन फिड लागू हुने व्यवस्था पारित गरेको थियो ।
विधेयकमा संशोधन दर्ता गराउनुभएका सांसद दिव्यमणिराज भण्डारीले राष्ट्रिय उत्पादनलगायत राष्ट्रिय महत्वका विषयमा विषयमा विदेशमा विज्ञापन गर्दा झण्डा, चिन्ह, गान लगायतको प्रयोग गर्न नपाउने व्यवस्था उपयुक्त नहुने भएकाले अवमूल्यन गर्न नपाइने प्रावधान मात्र राखिनुपर्ने बताउनुभयो ।

संशोधन दर्ता गराउनुभएका सांसद विन्दा पाण्डेले लोकतान्त्रिक गणतन्त्र र धर्म निरपेक्षताका विरुद्धमा विज्ञापन गर्न नपाउने व्यवस्था हुनुपर्ने बताउनुभयो । सांसद गणेश पहाडीले संविधान विपरीतका विज्ञापन गर्न नपाइने व्यवस्थालाई विधेयकमा पनि उल्लेख गरिनुपर्ने तर्क राख्नुभयो । बैठकमा सांसदहरु बहादुरसिंह लामा तामाङ, इन्दु शर्मा, गौरीशङ्कर चौधरी, रङ्गमती शाही लगायतले विज्ञापनलाई व्यवस्थित बनाउन राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले प्रस्तुत गरेको प्रतिवेदनलाई मार्ग निर्देशिका मानेर विधेयकमा संशोधन गरिनुपर्नेमा जोड दिनुभयो ।

सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले विद्यालय र विश्वविद्यालयको पाठ्यपुस्तकमा चाउचाउ जस्ता खानाको विज्ञापन गरेर नकारात्मक प्रभाव परेकाले पुस्तकमा विज्ञापन नै राख्न नपाउने व्यवस्था विधेयकमा गरिएको जानकारी दिनुभयो । जुवा खेलाउने विषयको विज्ञापन निषेध गरिएको बताउनुहँुदै उहाँले चिठ्ठा सामाजिक कामका लागि पनि प्रयोग गरिने भएकाले कानून बमोजिम विज्ञापन गर्न पाउने व्यवस्था गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group