ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश लोकसेवा आयोग सम्बन्धी विधेयक पारित


एबीसी न्यूज
१० श्रावण २०७६, शुक्रबार   ८ : २८   बजे

काठमाडौं, १० साउन । गण्डकी प्रदेशसभाले प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य, अधिकार एवं कार्यविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ ।

प्रदेशसभाको आजको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ततु गर्नुभएको प्रस्तावलाई सभाले पारित गरेको हो । यसअघि उक्त विधेयकमाथिको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्यले सरकार सञ्चालनमा आवश्यक पर्ने जनशक्ति आफैंले छनोट गर्ने गरी प्रदेशमा आयोग गठन हुनु आफैमा महत्वपूर्ण हुने बताउनुभयो ।

केन्द्रमा लोकसेवा आयोगले कायम गरेको मूल्य मान्यता र गरिमालाई आत्मसात गर्दै प्रदेश लोकसेवा आयोगले पनि आफ्नो भूमिका स्थापित गर्नुपर्ने उहाँहरुले भनाइ थियो । छलफलमा प्रदेशसभा सदस्य मधुमाया अधिकारी गुरुङ, डोवाटे विश्वकर्मा र पुष्पा केसी भण्डारीले भाग लिनुभएको थियो ।

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै आन्तरिक मामिला तथा कानूनमन्त्री चुमानले प्रदेश लोकसेवा आयोगले केन्द्रमा लोकसेवा आयोगले हासिल गरेको विश्वासलाई प्रदेशमा पनि कायम गरिने विश्वास व्यक्त गर्नुभयो ।

बैठकले पारिश्रमिक र सुविधा सम्बन्धी केही प्रदेश कानूनलाई व्यवस्था गर्न बनेको विधेयक विधायन समितिमा पठाएको छ । यसअघि विधेयक माथिको सामान्य छलफलमा प्रदेशसभा सदस्यहरूले सुविधा थप हुँदै जाँदा जनताका अपेक्षा पूरा भए वा भएनन् त्यसतर्फ गम्भीर बन्नुपर्ने बताउनुभयो ।

प्रदेशसभा सदस्य मेखलाल श्रेष्ठले जनताका अपेक्षा के छन् त्यो कुरालाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । सेवा सुविधा थपभन्दा पनि प्रदेशमा जनताको आयस्तर कसरी बढाउनेतर्फ गम्भीर बन्नुपर्ने उहाँको भनाइ थियो ।

प्रदेशसभा सदस्य आशा कोइरालाले आदर्शभन्दा पनि व्यवहारिकतालाई आत्मसात गर्नुपर्नेमा जोड दिनुभयो । प्रदेशसभा सदस्य हरिशरण आचार्यले संसद्को गरिमा र मूल्य मान्यता कायम राख्न सरकारसँग आग्रह गर्नुभयो । प्रदेशसभा सदस्य मनकुमारी गुरुङले पटक÷पटक संशोधन गर्नुपर्ने अवस्थाले संसद् महँगो हुने चर्चा गर्दै जनताको मुहारमा कति परिवर्तन गर्न सकिन्छ त्यो नै महत्वपूर्ण पक्ष भएको बताउनुभयो । आजको बैठमा विशेष समयमा बोल्दै आन्तरिक मामिला तथा कानूनमन्त्री चुमानले हालै गएको बाढीपहिराका कारण भएको क्षतिबारे जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group