ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्मला बलात्कारपछि हत्या घटना वर्षदिन पुग्यो,अझै दोषी भेटिएन, घटना रहस्यमय बन्दै (भिडियो सहित)


एबीसी न्यूज
११ श्रावण २०७६, शनिबार   २ : ३४   बजे

काठमाडौं, ११ साउन । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पुगेको छ । गएको श्रावण साउन १० मा बलात्कारपछि हत्या भएको वर्षदिन पुगेपनि अझे हत्या प्रकरण रहमस्य बनेको छ ।

कञ्चनपुरकी १३ वर्षिया निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पुग्दा पनि यो घटना अझै रहस्यमय नै छ । निर्मला काण्डको अपराधी पत्ता लगाउन करिब आधा दर्जन प्रतिवेदन बनिसके तर, प्रगति भने शून्य छ । यसबीचको अवधिमा गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा २०७५ भदौमा ५ सदस्यीय छानबिन समिति बन्यो । प्रहरीका डीआईजीहरु र उच्च तहका सरकारी अधिकारी सम्मिलित यो समितिले स्थलगत अध्ययनपछि सरकारलाई प्रतिवेदन समेत बुझाईसकेको छ । तर निर्मलाको हत्यामा संलग्न पत्ता लाग्न सकेको छैन । दोषी पत्ता लगाई कार्वाही गर्न नसकेको प्रति परिवारको दुखेसो छ ।

गत वर्ष साउन १० गते साथी रोशनी बमको घरमा गएकी निर्मला बेलुका घर नफर्केपछि आमा दुर्गादेवीले छोरी खोजिन् । छोरी कतै नभेटिएपछि प्रहरीलाई आग्रह गरिन् तर, प्रहरीबाट सहयोग भएन । भोलिपल्ट निर्मलाको शव भीमदत्त नगरपालिका–१९ स्थित उखुबारीमा फेला प¥यो । बालिकाको हत्या भएको खबरपछि स्थानीयको आन्दोलनमा प्रहरीस“ग झडप हु“दा दुई प्रहरीसहित दर्जनौं स्थानीय घाइते भए । त्यसपछि हत्याको विरोधमा लगातार स्थानीयबाट न्यायका लागि दबाब कार्यक्रमहरु भई नै रहे । दबावपछि प्रहरीले भदौ ४ मा भीमदत्त नगरपालिका–१९ बस्ने दीलीपसिंह विष्टलाई दोषी करार गरेर सार्वजनिक ग¥यो । तर स्थानीयले विष्ट दोषी नभएको भन्दै प्रहरी र स्थानीय प्रमुखहरुको राजीनामा माग गर्दै पुनः विरोधेपछि प्रहरीले विष्टलाई रिहा ग¥योे ।

त्यसपछि यसको जिम्मा तीर्थ अधिकारी र एसपी कुबेर कडायतलाई दिए । सो पश्चात् भीमदत्त नगरपालिकामा कर्फ्यू लागू भयो । आन्दोलनकारी माथि गोली प्रहार हुदा स्थानीय सनी खुनाको मृत्यु भयो । अन्य कयौं घाईते भए । महिलाहिंसा विरुद्धको प्रस्तावमा यो मुद्धामा सांसदहरुले समर्थन जनाए । निष्पक्ष छानबिन नगरेको भन्दै विवादित बनेका प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई गृह मन्त्रालयले निलम्बन ग¥यो । मन्त्रिपरिषद्को बैठकले निर्मला पन्त र खुनाको परिवारलाई १०–१० लाख दिने निर्णय ग¥यो । अनुसन्धानक्रममा प्रहरीबाट पक्राउ परेका रोशनी र बबिता बम पनि ३० हजार धरौटीमा रिहा भए । हत्याको वर्षदिन पुगेपनि दोषी पत्ता लगाउन प्रहरी प्रशासन असक्षम जस्तै भएको छ । यद्यपी सरकारले यस्तो जघन्य अपराधको विरुद्धमा सबै लाग्नुपर्ने आग्रह गर्दै दोषी पत्ता लगाएरै छोड्न आश्वासन दिन्छ सरकार ।

निर्मलाका आमाबुवा दुर्गादेवी र यज्ञराजलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, खानेपानीमन्त्री बिना मगर र प्रधानमन्त्री केपी शर्मा ओलीले समेत न्यायका लागि आश्वासन भने नदिएका हैनन् तर, अझै पनि अपराधी पत्ता लाग्न नसक्दा निर्मलाका परिवारको घाउ दिनानुदिन थप बल्झिदै गएको छ । न्यायका लागि निरन्तर नागरिक दबाब हु“दा पनि निर्मलाले न्याय नपाउदा देशको सुरक्षामाथि प्रश्नै प्रश्न छन् । निर्मला प्रकरणले छोरीचेली निर्धक्क भएर बा“च्न पाउने वातावरण नभएको डर र भयको सन्देश दिएको छ यसर्थ राज्यले दोषीको यथाशिघ सार्वजनिक गरि सुरक्षाको वातावरण सुनिश्चित गर्न सक्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group