ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युवाले आँट गरे नेपाल समृद्ध बन्छ– अध्यक्ष दाहाल


एबीसी न्यूज
११ श्रावण २०७६, शनिबार   ७ : ५५   बजे

 


काठमाडौं, ११ साउन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाले आँट मात्र गरे नेपाल सबैभन्दा सभ्य, सुसंस्कृत र समृद्ध राष्ट्र बन्ने बताउनुभएको छ ।

लियो क्लबले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, “युवाले लक्ष्य ठूलो राखेर हिँड्यो भने हामीले लक्ष्य हासिल गर्न सक्छौँ । आफ्नो अगाडिको ठूलो लक्ष्य र त्यसको प्राप्तिका लागि साधना, निष्ठा र निरन्तरको प्रयासले नै नयाँ ठाउँमा हामीलाई पु¥याउन सक्छ ।”

उहाँले युवाले सङ्कल्प मात्र गरे यी सबै कुरा पूरा हुने बताउनुभयो । “दशदेखि बीस वर्षभित्र नेपाल संसारकै सबैभन्दा सभ्य र सुसभ्य, सुसंस्कृत र समृद्ध राष्ट्र बन्छ”, उहाँले भन्नुभयो, “नेपालको इतिहास र भूमि उर्भरभूमि हो । नेपाल विचार निर्माण र सिर्जनाको दृष्टिकोणले धेरै अगाडि जान सक्दछ । नेपाल संसारको अग्लो टाकुरा भएको देश हो जहाँबाट बोलेको संसारभर सुनिन्छ ।”

अध्यक्ष दाहाललले समाज विविध विचार, व्यक्तित्व र रचनाको समिश्रणबाट बनेको बताउनुहुँदै युवालाई आफूभित्र समाज, राष्ट्र र मानवजातिका निम्ति नयाँ सङ्कल्प र नयाँ आकाङ्क्षा प्रतिबद्धताको रुपमा विकास गर्न आग्रह पनि गर्नुभयो ।

उहाँले भन्नुभयो, “तपाईंका अगाडि सिङ्गै जीवन छ । उहाँले युवाहरुलाई आफूहरुले विगतमा गरेजस्तो सङ्कल्प गरे देशमा ठुल्ठूला चमत्कार नै हुनसक्छ ।” उहाँले युवालाई सिक्ने कार्यमा निपूर्ण बन्न आग्रह पनि गर्नुभयो ।

कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहलगायतले देशको विकासका लागि युवाशक्ति नै केन्द्रित हुनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group