ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वकप एसिया छनोट – सिंगापुरले दियो नेपाललाई १९२ रनको विशाल लक्ष्य


एबीसी न्यूज
१२ श्रावण २०७६, आइतबार   ९ : ३१   बजे


काठमाडौं , १२ साउन आईसीसी ट्वान्टी–२० विश्वकपको एसिया छनोटको अन्तिम खेलमा सिंगापुरले नेपाललाई १९२ रनको विजय लक्ष्य पेश गरेको छ ।

सिंगापुरको इन्डियन एसोसियसन क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीको प्रदर्शन सानदार रह्यो । उसले १९१ रनको योगफल खडा गर्न ६ विकेट गुमाएको हो । नेपाली बलरहरु प्रभावहीन खेलमा उनीहरुले घरेलु मैदानको राम्रो सदुपयोग गरे ।

नेपालले केहिबेरमा लक्ष्य पछ्याउन सुरु गर्नेछ । यूएईमा हुने ग्लोबल क्वालिफायरमा छनोट हुनका लागि आजको खेलमा नेपालले सिंगापुरलाई हराउनैपर्नेछ ।

नेपालका लागि यो कीर्तिमानी लक्ष्य पनि हो । ट्वान्टी२० अन्तर्राष्ट्रिय नेपालले पाएको सर्बाधिक लक्ष्य हो । यो लक्ष्य पूरा गरेमा सर्बाधिक रन चेजको कीर्तिमान पनि बन्नेछ ।

सिंगापुरले दोस्रो ओभरमै आफ्ना ओपनर सुरेन्द्रन चन्द्रमोहनलाई गुमाएको थियो । करण केसीले उनलाई आउट गरेका थिए । तर, त्यसपछि आएका तिमोथी डेविडले अर्का ओपनर रोहन रंगराजनसँग मिलेर दोस्रो विकेटका लागि ८९ रनको साझेदारी गरे । १०।४ ओभरमा रंगराजनलाई अविनाश बोहोराले ४९ रनको व्यक्तिगत स्कोरमा आउट गरे ।

चौथो नम्बरमा ब्याटिङमा आएका मनप्रित सिंहसँग मिलेर डेविडले तेस्रो विकेटका लागि ६६ रनको साझेदारी गरे ।

१८ औं ओभरमा अविनाशले सिंगापुरको २ विकेट झारे । ओभरको दोस्रो बलमा उनले विष्फोटक पारी खेलिरहेका डेविडलाई आउट गरे । डेविडले ४३ बलमा ८ चौका र ३ छक्काको सहयोगमा ७७ रन बनाए । त्यसको २ बलपछि चेतन सूर्यवंशीलाई उनले खाता खोल्नै दिएनन् ।

१८।४ अ‍ेभरमा करण केसीले २७ बलमा ४२ रन बनाएर खेलिरहेका मनप्रित सिंहलाई दीपेन्द्र सिंह ऐरीको हातबाट क्याच आउट गराए । अन्तिम ओभरमा अविनाशले जनक प्रकाशलाई बोल्ड गरेका थिए ।

डेथ ओभरमा प्रभावशाली देखिएका अविनाशले ४ ओभरमा ३५ रन खर्चेर ४ विकेट लिए । करण केसीले २ विकेट झारे । स्पिनरहरु सन्दीप लामिछाने र बसन्त रेग्मी आजको खेलमा महंगा सावित भए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसीमा बनेको ताल फुटेको खबरपछि गोसाइँकुण्ड गाउँपालिकाको सतर्कता

सम्बन्धित

विदेशबाट आईएमईमार्फत निःशुल्क राहत कोषमा रकम पठाउन सकिने

बीमा कसुरको आरोपमा हिमालयन रिइन्स्योरेन्सकी सीईओ पौडेल पक्राउ

हिमालयन रिइन्स्योरेन्सकी पूर्वसीईओ उपासना पौडेल पक्राउ

सुनको भाउमा निरन्तर गिरावट

बाढी प्रभावित नुवाकोट र रसुवामा ५०० थान सोलार पावर बैंक हस्तान्तरण

बाढी–पहिरो पीडितको राहतका लागि श्रृंखला र सम्भवले २५ लाख रुपैयाँ दिने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu