ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले लगानीमैत्री वातावरण तयार पारेकाले ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीबाट आग्रह


एबीसी न्यूज
१२ श्रावण २०७६, आइतबार   ४ : ३६   बजे


काठमाडौँ, १२ साउन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वरभरका लगानीकर्तालाई नेपालमा लगानी गर्न पुनः आग्रह गर्नुभएको छ । आजदेखि यहाँ शुरु भएको ‘इन्डिया नेपाल लजिस्टिक समिट’लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कानूनी, संस्थागत एवं प्रक्रियागत रुपमा रहेका झण्झट हटाई वर्तमान सरकारले लगानीमैत्री वातावरण तयार पारेकाले ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको हो ।

प्रधानमन्त्रीले लगानीकर्ताको सहजीकरणका लागि ‘सार्वजनिक–निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन’, ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी ऐन’ लगायतका ऐन कार्यान्वयनमा रहेको र लगानीकर्ताको सहजीकरणका लागि एकल बिन्दु सेवा केन्द्रसमेत सञ्चालनमा आइसकेको जानकारी दिँदै भन्नुभयो, “हामी भारतलगायत संसारभरका लगानीकर्तालाई लगानीका लागि आग्रह गर्दछौँ ।”

राजनीतिक स्थायित्वसहितको वर्तमान सरकार गठन भएको, लगानीको भरपर्दो वातावरण सिर्जना गरिएको, आर्थिक विकास र समृद्धि नै सबैको साझा लक्ष्य रहेकाले पनि नेपाल लगानीका लागि सुगम र भरपर्दो गन्तव्य भएको प्रधानमन्त्रीको भनाइ थियो ।

सडक सञ्जालको विस्तारमा प्रमुख प्राथमिकता दिइएको, रेलमार्ग, जल यातायातका लागिसमेत काम भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्सार परीक्षणमा समेत थप सहजीकरण गरी विद्युतीय प्रणाली लागू भएको बताउनुभयो । “सरकारले भन्सार प्रणालीलाई थप व्यवस्थित र विद्युतीय बनाएको छ । उद्योगी तथा व्यवसायीलाई पनि सहजरुपमा व्यापार तथा वाणिज्यका लागि मार्गप्रशस्त गरिएको छ”, उहाँले भन्नुभयो ।

भन्सार प्रणालीलाई थप व्यवस्थित बनाउने लक्ष्यका साथ वीरगञ्जमा एकीकृत जाँच चौकी सञ्चालनमा आइसकेको, विराटनगरमा केही समयभित्रै उक्त चौकी सञ्चालनमा आउने जानकारी दिँदै प्रधानमन्त्री ओलीले भन्सार प्रणालीलाई थप व्यवस्थित र सहज बनाउन आवश्यक पर्ने जति सबै काम गर्न सरकार प्रयासरत रहेको बताउनुभयो ।

नेपालको चुलिँदो व्यापार घाटा घटाउनका लागि पनि यातायात सञ्जालको विस्तारलाई सरकारले विशेष प्राथमिकता दिएको उल्लेख गर्दै प्रधानमन्त्रीले विविआइएन, सार्क, बिम्स्टेक जस्ता क्षेत्रीय तथा उपक्षेत्रीय सङ्गठनमार्फत पनि प्रयास गरिरहेको बताउनुभयो ।

वर्तमान सरकारले सडक सञ्जालका अलावा पानी जहाज कार्यालय नै स्थापना गरिसकेको र रेलमार्ग निर्माण प्रक्रियासमेत अगाडि बढेको, नेपाल–भारत सीमा क्षेत्रमा फराकिला सडक निर्माण भइरहेको समेत जानकारी दिनुभयो । भारतको बिहार र उत्तर प्रदेशका राजमार्ग तथा सहायक मार्गको स्तरोन्नतिका कारण पनि कार्गो आयात तथा यातायातका लागि थप सहज भएको उहाँको भनाइ थियो ।

सन् २०३० सम्म नेपाललाई मध्यस्तरीय आय भएको मुलुकका रुपमा विकास गर्ने गरी सरकारले सोच, नीति तथा कार्यक्रमसमेत अगाडि बढाएको स्पष्ट पार्दै प्रधानमन्त्रीले दिगो विकास लक्ष्यमा समावेश भएका योजनालाई समेत पूरा गर्ने विश्वास दिलाउनुभयो । आर्थिक वर्ष २०७५÷७६ मा नेपालको आर्थिक वृद्धिदर सात प्रतिशतको हाराहारीमा भएको, सामाजिक सुरक्षालगायतका कार्यक्रमले पनि औद्योगिक वातावरण बनेको र श्रम सम्बन्धका सुधार आएको प्रधानमन्त्रीको भनाइ थियो ।

सरकारले कृषि, पर्यटन, भौतिक पूर्वाधार, ऊर्जालगायतका क्षेत्रलाई विशेष प्राथमिकतामा राखी लगानीसमेत बढाएको र विदेशी लगानीकर्तालाई सोही क्षेत्रमा लगानीका लागि आग्रह गरेको जानकारी दिँदै प्रधानमन्त्री ओलीले व्यापारिक र व्यावसायिक वातावरणलाई सदुपयोग गर्नसमेत आग्रह गर्नुभयो ।

वर्षाको समयमा खेर गएको विद्युत् भारत निर्यात गर्न शुरु गरिएको तथ्य पेश गर्दै प्रधानमन्त्रीले ढल्केबर–मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइनलगायत अन्य विभिन्न सात वटा बिन्दुबाट विद्युत् आयात तथा निर्यात गर्न सकिने अवस्थासमेत रहेको बताउनुभयो । ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनलाई ४०० केभीमा स्तरोन्नति गरिने तथा बुटवल गोरखपुर अन्तरदेशीय प्रसारण लाइनसमेत आफूहरुको प्राथमिकतामा रहेको उहाँले बताउनुभयो । हवाई सञ्जालको विस्तार तथा विकासमा समेत विशेष प्राथमिकतामा राखेको र भारतका विभिन्न गन्तव्यमा हवाई सञ्जाल जोडिएको समेत प्रधानमन्त्रीले उल्लेख गर्नुभयो ।

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले कार्गो तथा लजिस्टिकका क्षेत्रमा देखिएका समस्या समाधानका लागि नेपाल र भारतले संयुक्तरुपमा काम गरिरहेको जानकारी दिनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले उद्योगी व्यवसायीलाई सहज बनाउने गरी भन्सार परीक्षण तथा अन्य प्रणालीको विकास गर्नु जरुरी रहेको बताउनुभयो । उहाँले सरकारले सडक सञ्जालको विस्तार, रेलमार्ग तथा जल यातायातलाई समेत प्राथमिकतामा राखेका कारणले पनि आगामी दिनमा थप सहजता आउने विश्वास व्यक्त गर्नुभयो ।

नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरुपमा वीरगञ्जको एकीकृत भन्सार जाँच चौकी उद्घाटन गर्नुभएको र केही समयभित्रै विराटनगरमा समेत त्यस्तै चौकी उद्घाटन हुने क्रममा रहेको भन्दै दुई देशको व्यापार तथा वाणिज्यको क्षेत्रमा नयाँ आयाम शुरु भएको बताउनुभयो ।

उहाँले मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन निर्माण सम्पन्न भई सञ्चालनमा समेत आइसकेको र कार्गो तथा अन्य लजिस्टिकका क्षेत्रमा समेत थप सहजता आएको उल्लेख गर्नुभयो । कार्यक्रममा नेपाल र भारतका उद्योगी, व्यवसायी तथा कार्गो तथा लजिस्टिकको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी क्षेत्रमा प्रतिनिधिको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group