काठमाडौँ, १२ साउन । बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिइरहेका पूर्वनायब सुब्बा युक्तप्रसाद श्रेष्ठले आत्महत्या गरेका छन्।
५७ वर्षीय श्रेष्ठले आइतबार दिउँसो २ बजे बालाजुको हिमालयन सिटी सेन्टरको आठौं तलाबाट हाम फालेर आत्महत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनायो।उनी मालपोत कार्यालयबाट २०६० रिटायर्ड भएका पूर्वनायब सुब्बा हुन्।
उनको मृत शरीरलाई त्रिवि शिक्षण अस्पतालमा राखिएको परिसर प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिनुभयो । किन आत्महत्या गरे भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्