ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्मार्ट लाईसेन्स नपाउदा सवारी चालकलाई हैरानी, भाखा सार्दै यातायात व्यवस्था विभाग (भिडियोसहित)


एबीसी न्यूज
१३ श्रावण २०७६, सोमबार   ११ : ०८   बजे

दाङ, १३  साउन  । लामो समयसम्म विभागले स्मार्ट लाइसेन्स उपलब्ध गराउन नसक्दा दाङका सवारी चालकहरुले सास्ती भोग्न परेको छ । सवारी चालकले हैरानी भोग्नु परेको छ नै ट्राफिकलाई समेत सवारी चेकजांचमा समेत सास्ती परेको छ ।

यातायात व्यवस्था कार्यालय दाङले आर्थिक वर्ष २०७४/७५ श्रावणदेखि स्मार्ट काड ( सवारी अनुमती पत्र) दिन शुरु भएको थियो । सोही आर्थिक वर्षमा हजार जनाको स्मार्ट कार्ड (सवारी चालक अनुमतिपत्र)को लागि विभागमा पेस गरेको हो ।त्यसैगरि आर्थिक वर्ष २०७५/७६ सम्ममा नयाँ तथा हराएका वा नविकरण गर्ने ३० हजार अनुमति पत्र यातायात विभागमा पठाएको हो कार्यालयले । तर कार्यालयले ति मध्य हालसम्म ८ हजार जनालाई मात्र स्मार्ट कार्ड वितरण गरेको छ । विभिन्न प्राविधिक कारणले गर्दा धेरै समय लाग्ने गरेको कार्यालयले टार्दै आएको छ ।

शुरुमा यातायात ब्यवस्था विभागले ३ महिना भित्रमा कार्ड दिने बताउदै आएको थियो । तर काड छाप्ने मेसीनका कारण समस्या भएको विभागको वाहाना छ । कार्ड पाउनका लागी अहिले १० महिना लाग्ने भाषा अहिले विभागले फेरेको छ । कार्ड नपाउदा सवारी चालक यातायात कार्यालयको रसिदको चिर्कटो बोकेर सवारी हांकिरहेका छन् । सवारी चालकलाई कार्ड पाप्त नहुदासम्म रसिद उपलब्ध गराइएको यातायात कार्यालयले टार्दै आएको छ ।

यता वर्ष दिन सम्म पनि कार्ड पाउन सक्दाँ सवारी चालकहरुले धेरै समस्या भोग्ने गरेका छन् । करिब १ वर्षसम्म पनि कार्ड नहुदाँ यातायात कार्यालयले दिएको काम चलाउ कागजको चिर्कटोले बेला बेलाका ट्राफिकवाट समस्या भोग्नु परेको चालकहरु बताउछन् ।एक / दुई पटकसम्म त यो अस्थाई कागज देखाउँदा केही समस्या नहुने भएता पनि वर्षाै दिनसम्म पनि उही देखाउनु पर्दा आफुलाई अप्ठेरो लाग्ने गरेको चालकहरु बताउछन् ।

शुरुमा यातायात कार्यालयवाट अस्थाई रसिद लिदाँ ३ महिनामा पाईन्छ भने पनि अहिले एक बर्ष हुदाँ पनि नपाएको गुनासो गर्नुभयो ।उहाँले कार्यालयले हामीलाई लाईसेन्स नम्बर भएको रसिद दिन्छ, त्यो देखाउँदा ट्राफिक प्रहरीले विश्वास नगर्ने हुदा सवारी चालकहरुले हैरानी बेहोर्दै आएका छन् ।

त्यसैगरी ट्राफिक प्रहरीले भने रसिदका कारण आफुहरुलाई समस्या हुने गरेको बताएको छ । त्यो रसिदमा व्यक्तिको पहिचान गर्ने तस्बिर नहुदा समस्या हुने ट्राफिक प्रहरीको प्रतिक्रृया छ । फोटो नहुदा व्यक्ति पहिचान नहुने भएकोले सवारी जांचमा समस्या भएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरिक्षक चन्द्र केसीले बताए ।

सवारी चालक अनुमति पत्र अर्थात स्मार्ट कार्ड समयमै उपलब्ध गराउन यातायात कार्यालय तुल्सीपूर सकेको छैन । तीन महिनामा उपलब्ध गराउने बाचा गरको कार्यालयले वर्षाैदिनसम्म पनि स्मार्ट कार्ड उपलब्ध गराउन नसक्दा सवारी चालकले हैरानी खेप्नु परेको छ भने , ट्राफिकलाई समेत सवारी जांचमा समस्या हुदै आएको छ । यसर्थ विभागले न्यूनतम सेवा स्मार्ट कार्ड दिन अब ढिला गर्नु हुदैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group