काठमाडौं, १३ साउन । प्रतिपक्षी दल राजपाले आजको संसद बैठक अवरुद्ध पार्ने चेतावनी दिएको छ । सर्लाहीको सडक प्रदर्शनको क्रममा सरोजनारायण सिंह मारिएको घटनाको संसदीय छानबिनको माग गर्दै राजपाले संसद अवरुद्ध पार्ने चेतावनी दिएको हो ।
प्रतिनिधि सभाको बैठक सोमबार दिउँसो एक बजे बोलाइएको छ । विप्लव समूहका नेता कुमार पौडेल र सरोजनारायण सिंह मारिएको घटनाको छानविन गर्न संसदीय समिति गठनको माग गर्दै कांग्रेस र राजपाले यसअघि पनि संयुक्त रुपमा संसदमा अवरोध गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्