काठमाडौं, १३ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली दोहोरो जिम्मेवारीको पक्षमा उभिएपछि पार्टीको जिल्ला तहको एकता प्रक्रिया बैठक पर सरेको हो । प्रधानमन्त्री ओली यूरोप जानुअघि नै यो विवाद टुंग्याउने बताइएको थियो । तर प्रधानमन्त्री ओली जेठ २५ गते युरोप जाने भएकाले विवाद दुई साताका लागि थाँती रहेको हो ।
अध्यक्ष ओलीको अडान पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले अस्वीकार गरेपछि विवाद सुल्झाउन आज बैठक डाकिएको तर प्रधानमन्त्री ओलीले गृहकार्य नपुगेको भन्दै अन्तिम समयमा बैठक स्थगित गर्नुभएको थियो । अब अर्को बैठक साउन २८ गते बस्छ,’ बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने।
सचिवलायका एक सदस्यका अनुसार प्रधानमन्त्री ओलीले आफ्नो अडान कायमै राखेकोले विदेश भ्रमणको बहाना बनाउँदै जिल्लाको एकता प्रक्रियाबाट तत्काल पन्छिएको हो ।
प्रतिक्रिया दिनुहोस्