ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढी पीडितलाई पुनः स्थापना गर्न मुख्यमन्त्री राउतको जोड


एबीसी न्यूज
१४ श्रावण २०७६, मंगलबार   ५ : ५९   बजे

काठमाडौँ, १४ साउन । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले हालै आएको बाढीेले तराई क्षेत्रमा अर्बौं रुपैयाँ बराबरको पूर्वधारका साथै बालीनालीको पनि क्षति भएकाले त्यसलाई पहिलेकै स्थितिमा पु¥याउन प्रदेश तथा स्थानीय सरकारको क्षमता बाहिर भएकाले केन्द्रीय सरकारले पनि सहयोग गर्नु पर्नेमा जोड दिनुभएको छ ।

उहाँले प्रदेश नं २ लाई बाढी पीडित विशेष क्षेत्र घोषणा गरी राहत प्याकेज घोषणा गर्न केन्द्र सरकारसँग माग गर्नुभयो ।   मुख्य मन्त्री राउतले गत असार २७ गतेको बाढीले त्यहाँको आठ जिल्लामा ठूलो क्षति पु¥याएकाले भोलिपल्टै प्रादेशिक मन्त्रिमण्डलको बैठक बसी पीडित जनतालाई राहत दिने निर्णय गरिएको जानकारी दिनुभयो ।केन्द्रसरकार तथा प्रदेशको संयुक्त पहल आवश्यक भएको महसुस गरी आफूले प्रधानमन्त्री केपी शर्मा ओली, भौतिक तथा पूर्वाधारमन्त्री रघुवीर महासेठ, र ऊर्जामन्त्री वर्षमान पुनसँग भेटी बाढी पीडितको उद्धार तथा पुनःस्थापनाका लागि सहयोग गर्न आग्रह गरेकामा उहाँहरुबाट सकारात्मक आश्वासन पाएको उहाँले बताउनुभयो ।

मुख्यमन्त्री राउतले बाढीले धेरै क्षति पु¥याएको रौटहत, सप्तरी, सर्लाही, सिराहा तथा महोत्तरीको भ्रमण गरी तत्कालै प्रदेश सरकारको क्षमताले भ्याएसम्म पीडितलाई राहत सहयोग गरिएको जानकारी पनि दिनुभयो । लालबकैया, वाग्मती तथा रातुनदीको तटबन्ध मर्मत नहुनु र चुरे दोहनले त्यहाँका जनताले वर्षेनी बाढीको मार व्यहोर्नु परिरहेको बताउँदै उहाँले आफूले यसबारे पटकपटक ध्यानाकर्षण गर्दा पनि केन्द्र सरकारले चासो नदिएको गुनासो गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group