बझाङ, १५ साउन । जिल्लामा एक,वर्षको अवधीमा एक हजार तीन सय अपराधका घटना दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय बझाङको अभिलेखमा यी घटनाहरु दर्ता भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
एक वर्षको अवधीमा कर्तव्य ज्यान अन्तरगत सात वटा, सार्वजनिक उपद्राई दुई वटा, कुटपिट तथा अँगभग एक वटा, अभद्र ब्यावाहार सत्र वटा, फुटकर ज्यान मार्ने मुद्दा सात वटा, झुन्डीयर आत्महत्या ११ वटा, भवितव्य ज्यान आठ वटा ज्यान मार्ने उधोगमा दुई वटा केसाअ पाँचवटा मुद्दा दर्ता भएका छन
त्यस्तै सार्वजनिक स्थानमा आवगमनमा वाधा पुगाएकोमा दुईवटा राजद्रोह हातहतियार खरखजना एक वटा अनाआवस्यक तोडफोडमा नोक्सानी गर्ने एक जना राष्ट सेवक कर्मचारीलाई वाधाअवरोध चार जना रहेका छन ।
लागुऔषध चरेशमा ८ जना सवारी दुर्घटना दस जना जवरजस्ती करणी चार जना मानव वेचविखन तथा ओषारपसार एक जना जवरजस्ती करणी उध्योगमा ५ जना जुवा तासमा तिन जना जवरजस्ति करणी कर्तब्यमा एक जना बहुविवाहमा सात जना हातहतियार खरखजना अन्तरगत दुई जना चोरी डकैतीमा चार जना रहेका छन । बिष सेवन आत्महत्यामा एक जना रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्