ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रिक्त ५० स्थानमा मंसिर १४ मा उपनिर्वाचन हुने, प्रदेश २ मा कहाँ–कहाँ हुँदै


एबीसी न्यूज
१७ श्रावण २०७६, शुक्रबार   ९ : ५४   बजे

काठमाडौं,१७ साउन ।  सरकारले मंसिर १४ मा उपनिर्वाचन गर्ने निर्णय गरेको छ । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त रहेका विभिन्न पदका लागि उपनिर्वाचन गर्न लागिएको हो ।

बिहीबार बालुवाटारमा बसेको मन्त्री परिषद्को बैठकले विभिन्न कारणले रिक्त रहेको ५० स्थानको पदमा आगामी १४ मंसिरमा निर्वाचन गर्ने निर्णय गरेको हो । सरकारले निर्वाचन आयोगले दिएको सुझाव अनुसारकै समयमा उपनिर्वाचन गर्ने भएको छ ।

बिहीबारै आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त रहेका स्थानमा १४ मंसिरमा उपनिर्वाचन गर्न सुझव दिएको थियो । साथै निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा प्रतिनिधित्व गरेका र कानुन अनुसार निर्वाचन आयोगमा दर्ता भएका १८ वटा राजनीतिक दलसँग उपनिर्वाचनबारे आयोगले परामर्श गरेको थियो ।

प्रदेश २
महोत्तरी बलवा नगरपालिकाका ८ र २ वडामा दुई अध्यक्षको पद रिक्त रहेको छ । सिरहाको कल्याणपुर नगरपालिका–१२, रौटहटको गढिमाई नगरपालिका–२, त्यसैगरी महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष, सप्तरीको छिन्नमस्ता गाउँपालिका–७, पर्साको सखुवा–पर्सौनी गाउँपालिका–५, सर्लाहीको हरिपुर्वा नगरपालिका–१, बाराको बारागढी गाउँपालिका–१ मा पद रिक्त रहेको छ ।

प्रदेश ३
रामेछाप उमाकुण्ड गाउँपालिका–५, नुवाकोट दुप्चेश्वर गाउँपालिका–१, भक्तपुर १ (ख)बाट निर्वाचित हरिशरण लामिछानेको उच्च रक्तचाप बढेपछि उपचारका क्रममा निधन भएपछि यहाँको पद पनि रिक्त रहेको छ । चितवनको खैरहनी नगरपालिकाका ४ र ५, काठमाडौंको दक्षिणकाली नगरपालिका–वडा ३, काभ्रेका धुलिखेल नगरपालिका–२, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ मा पनि पद रिक्त रहेको छ ।

गण्डकी प्रदेश
कास्कीको क्षेत्र नं २ मा प्रतिनिधिसभाको सदस्यको पद रिक्त रहेको छ । नेकपाका सांसद् तथा तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परेर निधन भएपछि यहाँको पद रिक्त रहेको छ । बाग्लुङ २ (ख) मा गण्डकी प्रदेश सांसद टेकबहादुर घर्तीको पनि निधन भएपछि यहाँको प्रदेश सांसदमा पनि पद रिक्त रहेको छ । साथै बाग्लुङ बडिगाड गाउँपालिका–२ नवलपरासीको बुद्धिकाली गाउँपालिका–५ मा वडाअध्यक्ष खाली रहेको छ ।

प्रदेश ५
दाङको ३ (ख) बाट निर्वाचित उत्तरकुमार ओलीको दुर्घटनामा निधन भएपछि यहाँको पद खाली रहेको छ । अर्घाखाँची मालारानी गाउँपालिका–३, दाङको घोराही उपमहानगरपालिका–१६, बाँकेको कोहलपुर नगरपालिका–१६, गुल्मीको रुरु गाउँपालिका–६, रुपन्देहीको रोहिणी गाउँपालिका–७ मा पनि पद रिक्त रहेको छ ।

कर्णाली प्रदेश
हुम्लाको खार्पुनाथ गाउँपालिकाका उपप्रमुख सिन्धु हमाल शाहीको निधन भएपछि यहाँको पदपनि रिक्त रहेको छ । प्युठानको ऐरावती गाउँपालिका १ र २ तथा प्युठान नगरपालिका–२ मा वडाध्यक्ष पद रिक्त छ । सल्यान कुमाखमालिका गाउँपालिका–५, डोटीको आदर्श गाउँपालिका–२ मा पनि पद रिक्त रहेको छ ।

सुदूरपश्चिम प्रदेश
अछामको मल्लेख गाउँपालिका–५, बाजुरा त्रिवेणी नगरपालिका–१ मा पनि वडाध्यक्ष पद खाली छ । बैतडीको दोगडाकेदार गाउँपालिका–४, कञ्चनपुरको पुनर्वास नगरपालिका–३ मा पनि पद रिक्त रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group