काठमाडौं,१७ साउन । ललितपुरस्थित नख्खु कारागारमा दुई कैदीबन्दीबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । कैदिको मृत्यु पछि स्थिनि तनाव ग्रस्त बनेको छ ।
झडपमा नख्खु कारगारमा जबरजस्तीकरणी मुद्दामा जेलजीवन बिताइरहेका पूर्णबहादुर राजीवको मृत्यु भएको हो । ललितपुर प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)रविन्द्र धानुकका अनुसार ज्यान मार्ने उद्योगमा सजाय काटिरहेका पवनकुमार महतोले इँटाले हिर्काएर राजीवको ज्यान लिएका हुन ।
आक्रमणकारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ । उनीहरुबीच जुम्रा खोजीरहेको बेला आपसमा विवाद बढ्दै जाँदा झडपको रुप लिएको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्