ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशको पहिचानका लागि राष्ट्रिय पोशाक महत्वपूर्ण : नेता नेपाल


एबीसी न्यूज
१७ श्रावण २०७६, शुक्रबार   ६ : २९   बजे

काठमाडौं,१७ साउन ।  नेपाल कम्युनिष्ट पाटी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले देशको पहिचान अघि बढाउन राष्ट्रिय पोशाकको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।
‘हाम्रो शान, हाम्रो पहिचान, राष्ट्रिय पोशाक संरक्षण महाअभियान’ भन्ने मूलनाराका साथ ललितपुरमा राष्ट्रिय पोशाक संरक्षण महाअभियानले आज आयोजना गरेको ‘औपचारिक राष्ट्रिय पोशाक घोषणामा आमनागरिकको भूमिका विषयक विचार गोष्ठी’मा उहाँले नेपालमा राष्ट्रिय पोशाक अनिवार्य गराउन पहल गर्ने बताउनुभयो । “हरेक नेपालीले राष्ट्रिय पोशाक लगाउँदा नेपालको शान र मानअघि बढाउन सहयोग गर्दछ”, उहाँले भन्नुभयो, “नेपाली टोपीले विदेशी मुलुकमा नेपालीको परिचय अघि बढाएको उदारण मैले स्वयम् पाएको छु ।” आफू प्रधानमन्त्री भएर विदेशी मुलुकका कार्यक्रममा जाँदा शिरको टोपी देखेर अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओवामाले आफू सामुन्ने आइ अन्य मुलुकका मानिसको विचमा मिस्टर नेपाल भनी हात मिलाउन आउँदा देशको सान बढेकोे नेता नेपालले बताउनुभयो ।
उहाँले नेपालका पुरुषका तुलनामा महिलाले राष्ट्रिय पोशाकको सम्मान गर्दै अघि बढेका उल्लेख गर्नुभयो । नयाँ पुस्ताले आफ्ना पूर्खाबाट हरेक सकारात्मक कुरा सिकी नेपालको पहिचान अघि बढाउन उहाँले आग्रह गर्नुभयो । हरेक वर्ष राष्ट्रिय दिवसका दिन प्रत्येक कार्यालय र निकायमा कार्यरत कर्मचारीलाई अनिवार्य राष्ट्रिय पोशाक लगाउन नेता नेपालले आह्वान गर्नुभयो । महाअभियानका अध्यक्ष विवश घिमिरेले नेपाली दौरा सुरुवाल, टोपी र गुन्यू चोलीलाई राष्ट्रिय पोशाकका रुपमा अनिवार्य गर्न माग गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालका विभिन्न जात जातिको पहिचान अघि बढाउन राष्ट्रिय पोशाक सङ्ग्रहालय स्थापना गर्न आवश्यक छ ।” सांसद नवराज सिलवालले राष्ट्रिय पहिचान भएका मुलुक विकासको गतिमा अघि बढिरहेका बताउनुभयो ।
प्रदेशसभा सदस्य लालकुमारी पुनले नेपालको सभ्यता झल्काउन राष्ट्रिय पोशाकले सदैव हरेक नेपालीलाई सहयोग गर्ने बताउनुभयो । नेपाली काङ्ग्रेस नेता कृष्णप्रसाद सिटौलाले नेपालका सबै जातजाति भाषाभाषी एकै स्थानमा समेट्न राष्ट्रिय पोशाक सङ्ग्रहालयले सहयोग गर्नेमा जोड दिनुभयो । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले विभिन्न क्षेत्रमा सरकारले नीति बनाए जसरी नेपालमा राष्ट्रिय पोशाक नीति बनाउन आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group