काठमाडौँ , १८ साउन । प्रधानमन्त्री केपी शर्मा ओली स्वाथ्य परिक्षणका लागि शनिबार सिंगापुर प्रस्थान गर्दै हुनुहुन्छ । उहाँ सिल्क एयरको उडानबाट राति पौने १० बजे सिंगापुर जाने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री ओली स्वाथ्य परीक्षणको सिलसिलामा एक साता विदेशमै बस्नु हुने छ । गत साता छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा स्वास्थ्य जाँच गराउँदा रगतमा क्रेटिनाइको बढेकाले चिकित्सकको सल्लाहअनुसार थप उपचारका लागि सिंगापुर जान लाग्नु भएको हो ।
एकसाता अघिमात्र त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहोन कार्डियो भास्कुलर थेरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टरमा कोठा खाली नभएपछि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा स्वास्थ्य जाँच गराउनु भएका प्रधानमन्त्री ओली थप स्वास्थ्य जाँच गर्न सिंगापुर जानुहुने भएको हो ।
प्रधानमन्त्री निकट एक चिकित्सका अनुसार, प्रधानमन्त्री ओली राती पनि काममा ब्यस्त हुने् भएका कारण पनि । स्वास्थ्यमा असर पर्ने गरेको हो ।
‘
प्रतिक्रिया दिनुहोस्