दोलखा, १८ साउन । गौरीशंकर गाउँपालिकामा पहिरो खसेर घर भत्किँदा एक जना सम्पर्कविहीन भएका छन् ।
शुक्रबार राति साढे ११ बजेतिर गौरीशंकर गाउँपालिका–१ जुगुमा रहेको झगडे गाउँमा पहिरो खसेर १० वटा घर भत्किँदा आफन्तकोमा आएका जगतबहादुर खत्री सम्पर्कविहीन हुनुभएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
अरुले भागेर ज्यान जोगाएका छन् । १० मध्ये ९ वटा घर बस्नै नमिल्ने गरी भत्किएको स्थानीयले बताएका छन् । खोलामा बाढी आएको र विभिन्न ठाउँमा पहिरो गएकाले प्रहरीको टोली प्रभावित ठाउँमा पुग्न नसकेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्